विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन
फाइल फोटो
Classic Tech

बीमा समितिले बीमा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकाले विद्युतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिनसम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

कम्पनीहरुले निषेधाज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विद्युतीय माध्यमबाट निवेदन प्राप्तको आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

जीवन बीमा कम्पनीले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितल विद्युतिय माध्यम मार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ्र दाबी भुक्तानी गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

Loading...