वर्ल्डलिंकका सह संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड-१९ बाट निधन

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

वर्ल्डलिंकका सह संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड-१९ बाट निधन

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सह संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड-१९ बाट निधन भएको छ ।

४६ वर्षिय जलानलाई कोभिड १९ बाट संक्रमण भएसँगै बिगत दुई सातादेखि ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचारत थिए ।

उनको आज बिहान करिब ८ बजे निधन भएको हो ।

उपचारकै क्रममा उनको निधन भएको कम्पनीका एक अधिकारीले जानकारी दिए । उनी अस्पतालमा सघन उपचार कक्षमा उपचाररत रहँदा नै निधन भएको हो ।

उनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए । अध्यक्ष दिलिप अग्रवाल, स्वर्गिय जलान र अर्का स‌ंस्थापक सदस्य मनोज अग्रवाल मिलेर तत्कालिन समयमा वर्ल्डलिंकको स्थापना गरेका थिए ।

महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका स्वर्गिय जलानको श्रीमती र एक छोरा छन् ।

*सम्पादित समाचार

TK Viber

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

Loading...