एलजी डिस्प्लेको रोलेबल ओएलईडीले जित्यो ‘डिस्प्ले अफ द इयर’ पुरस्कार

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

एलजी डिस्प्लेको रोलेबल ओएलईडीले जित्यो ‘डिस्प्ले अफ द इयर’ पुरस्कार
Classic Tech

एलजीको ६५ इन्च रोलेबल ओएलईडी टीभीले सोसाइटी अफ इन्फर्मेशन डिस्प्ले एसआईडी द्वारा दिइने डिस्प्ले अफ द इयर पुरस्कार प्राप्त गरेको छ।

‘डिस्प्ले अफ द इयर’ डिस्प्ले उद्योगका क्षेत्रमा विश्वकै सबैभन्दा अग्रपंक्तिको शैक्षणिक समूदायका रुपमा चिनिएको एसआईडीले प्रदान गर्ने सबैभन्दा उत्कृष्ट पुरस्कार हो।

एसआईडीले आफ्नो वार्षिक कन्फ्रेन्स आगामी मे १७ देखि २१ तारिखसम्म गर्दैछ।

एलजीले गएको अक्टोबरमा रोलेबल एलईडी डिस्प्ले सार्वजनिक गरेको थियो। यसको विशेषता भनेको बेसमा रहेको डकभित्र रोल भएर बस्न सक्नु र आवश्यकता अनुसार विभिन्न साइजमा माथि ल्याउन सकिनु हो। ओएलईडीमा ब्याकलाइट नहुने भएकाले यस्तो सम्भव भएको हो।

एलजी डिस्प्लेले सन् २०१७ मा पनि ६५ इन्चकव वालपेपर ओएलघडी टीभीका लागि उत्कृष्ट पुरस्कार पाएको थियो।

TK Viber

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

Loading...