स्मार्टफोन निर्माता कम्पनी शाओमीलाई अमेरिकाले कालोसूचीबाट हटायो

Technology Khabar २९ बैशाख २०७८, बुधबार

स्मार्टफोन निर्माता कम्पनी शाओमीलाई अमेरिकाले कालोसूचीबाट हटायो
काठमाडौंको नयाँ बानेश्वरमा खोलिएको नयाँ सर्भिस सेन्टर । फाइल फोटो
Classic Tech

अमेरिकाको रक्षा विभागले चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पलाई सरकारको कालोसूचीबाट हटाउने भएको छ । हालै अदालतमा प्रस्तुत गरिएको एक डकुमेन्टकाअनुसार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा लगाएको प्रतिबन्ध र निर्णयलाई बाइडेन प्रशासनले उल्टाएको देखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

फाइलिंगमा भनिएको छ कि दुबै पक्षले उनीहरूको चालु मुद्दालाई थप प्रतिस्पर्धा बिना नै समाधान गर्ने कुरामा सहमति जनाउने छन् । यसका साथै हार्डवेयर कम्पनी र वाशिङ्गटन बीच चिनो र विवादास्पद झगडाको अन्त भएसँगै चीन अमेरिका सम्बन्धलाई बढावा दिनेछ ।

यसअघि रक्षा विभागले फर्मलाई चीनको सेनासँग सम्बन्ध राखेको भन्दै यसलाई कालोसूचीमा राखेको र कम्पनीमा अमेरिकाको लगानी रोक्न सकिने बताएको थियो।

सात अन्य चिनियाँ कम्पनीहरुलाई पनि यस्तै प्रतिबन्धमा राखिएको छ।

त्यसलगत्तै शाओमीले अमेरिकी सरकारको बिरूद्ध मुद्दा दायर गरेर सो प्रतिबन्ध “अवैधानिक र असंवैधानिक” भएको बताएको थियो भने चीनको सेनासँग कुनै सम्बन्ध रहेको विषयलाई अस्वीकार गरेको थियो ।

सोही आधारमा गत मार्चमा संघिय न्यायाधिशले सो कालोसूचीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए।

नयाँ निर्णय सार्वजनिक भएसँगै शाओमीको शेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

TK Viber

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

Loading...