ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड

Technology Khabar २९ बैशाख २०७८, बुधबार

ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड

काठमाडौं ।

नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसको एप प्ले स्टोरमा एक लाख भन्दा धेरै डाउनलोड पुगेको छ। दैनिक ७ सय भन्दा बढी नेपालभर निस्शुल्क डेलिभरी गर्दै आएको ग्यापुले १ वर्षमै अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्स प्लेटफर्म बन्न सफल भएको दाबी गरेको छ ।

“कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै हामिले तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निस्शुल्क होम डेलिभरी गर्दै ग्यापु मार्केटप्लेसको सुरुवात गरेका थियौं। लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन। सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं। आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको हाम्रो यात्राले वैशाख १ गते पहिलो वर्षगाँठ पनि मनायो ।” ग्यापुका संस्थापक/सिइओ ज्ञानेन्द्र खड्काले भने ।

ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा कम्पनीले उपभोक्ताको अथाह माया पाएको बताइएको छ ।

ग्यापु गत वर्ष लकडाउनका बिचमा नै ई-कमर्स कम्पनीको रुपमा सञ्चालनमा आएको थियो ।

easy care

प्रकाशित: २९ बैशाख २०७८, बुधबार