कोभिड-१९ को पहिलो खोप लगाउनु भएको छैन् ? त्यसोभए यसरी गर्नुस् अनलाइनमार्फत नाम दर्ता

Technology Khabar २९ बैशाख २०७८, बुधबार

कोभिड-१९ को पहिलो खोप लगाउनु भएको छैन् ? त्यसोभए यसरी गर्नुस् अनलाइनमार्फत नाम दर्ता

काठमाडौं ।

स्वास्थ्य मन्त्रालयअन्तरगतको स्वास्थ्य सेवा विभागले कोभिड-१९ विरुद्धको नयाँ खोप लगाउने व्यक्तिहरुको नामावली अनलाइनमार्फत संकलन गर्न शुरु गरेको छ ।

विभागले यसको लागि छुट्टै अनलाइन वेबपोर्टल तयार पारेर सोहि पोर्टल मार्फत नयाँ खोप लिनेहरुको सूची संकलन गर्न लागेको हो ।

भ्याक्सिन वेब पोर्टल(http://vaccine.mohp.gov.np/) मा पहिलो पटक खोप लिन चाहने व्यक्तिले आफ्नो व्यक्तिगत बिबरणहरु भरेर बुझाउन सक्नेछन् ।

सो वेबसाइटकाअनुसार कोभिड १९ खोपको लागि आवेदन फाराममार्फत विभागको खोप व्यवस्थापन शाखालाई खोप खपतको लागि सहयोग पुग्ने बताईएको छ ।

त्यसैगरि सो अनलाइन पोर्टलमार्फत व्यक्तिले कुन केन्द्रमा खोप लगाउन सक्छ भन्ने जानकारी दिईने र अनलाइनमा डाटा रहने दाबी गरिएको छ । त्यसैगरि विदेश जानेहरुका लागि खोप प्रमाणिकरण गर्न सहज हुने समेत बताईएको छ।

वेबपोर्टमा व्यक्तिले आफ्नो व्यक्तिगत बिबरणहरुका साथै आफूलाई हाल कुनै रोगहरु भए नभएको बारेमा समेत जानकारी दिनुपर्नेछ ।

विभागका बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले पहिलो पटक खोप लगाउनेहरुको लागि सो अनलाइन दर्ता सेवा शुरु गरिएको जानकारी दिए ।

‘यसमा स्वेच्छिकरुपमा बिबरणहरु भर्न सकिन्छ र यसमार्फत हामीलाई कति भ्याक्सिन चाहिनसक्छ भनेर तथ्यांक संकलन गरिएको हो,’ डा गौतमले  भने, ‘यो अहिले खोप लगाईसकेका व्यक्तिहरुको लागि होईन् । कोभिड-१९ को खोप नलिएकाहरुको डाटा संकलन गरिएको हो ।’

उनकाअनुसार यसलाई विभाग अन्तरगत इन्फर्मेसन म्यानेजमेन्ट यूनिटले हेरिरहेको र तथ्यांकसमेत सोही स्थानमा राखिने छ । जसको आधारमा भविश्यमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

तर सो खोप लगाउनका लागि भर्नुपर्ने बिबरणसहितको वेब पोर्टहरुको बारेमा भने मन्त्रालय वा विभागमा कुनै जानकारी छैन् ।

यस विषयमा डा गौतमलाई किन सामाजिक मिडियाहरुमा मात्र लिंक आयो र आधिकारीकरुपमा कतै सार्वजनिक गरिएन भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘मलाई पनि यो कुरा थाहा थिएन म बुझेर तपाईँलाई भन्छु । ‘

अर्कोतर्फ सो वेबसाइट स्लो भएको र आफ्नो बिबरणहरु भर्न कठिनाई भएको केहि प्रयोगकर्ताहरुले सामाजिक सञ्जालहरुमा गुनासो गरेका छन् ।

त्यसैगरि कुनै कारणबस तपाईले आफ्नो खोप कार्ड वा रजिष्ट्रेसन नम्बर हराउनु भएमा आफ्नो दर्ता गरिएको फोन नम्बर, नागरिकता वा आइडि नम्बर र जन्ममिति राखि खोज्न सकिने सुबिधा समेत रहेको बताईएको छ ।

easy care

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

ताजा समाचार