छोटो भिडियो प्लेटफर्म शर्ट्सका क्रिएटरहरुलाई यूट्यूबले रकम दिने, १० करोड डलरको कोष स्थापना

Technology Khabar २९ बैशाख २०७८, बुधबार

छोटो भिडियो प्लेटफर्म शर्ट्सका क्रिएटरहरुलाई यूट्यूबले रकम दिने, १० करोड डलरको कोष स्थापना

काठमाडौं ।

अल्फाबेट इंकको युट्युबले आफ्नो नयाँ छोटो भिडियो सुविधा शर्ट्समा आफ्नो हिट भिडियोहरू बनाउने कन्टेन्ट क्रिएटरहरुलाई भुक्तानी गर्नका लागि १० करोड डलरको कोष घोषणा गरेको छ ।

यसले आगामी दिनमा शर्ट्समा थप नयाँ इन्फ्लूएन्सरहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ।

‘यो कोष आउने महिनाहरुमा शुरू हुनेछ र यस वर्ष तथा सन् २०२२ निर्माताहरुलाई भुक्तान गर्नेछ,’ युट्युबले भन्यो।

यो लगानी प्लेटफर्मले युवा सिर्जनाकर्ताहरूलाई आकर्षित गर्न ल्याएको छ र जसले ठूलो प्रशंसक फलोइंगहरू निर्माण गर्दैछ भने यो ठूलो कमाईको सम्भावना रहेको छ ।

भाइरल एप टिकटकले छोटो भिडियो क्लिपको चलन शुरू गरेको हो र यसपछि तिब्ररुपमा फेसबुक एपको स्वामित्वको इन्स्टाग्राम रिल्स, स्न्यापच्याटको स्पटलाइट र यूट्यूब शर्ट्स जस्ता अन्य एपहरूद्वारा नक्कल गरिएको छ ।

यूट्यूबले भन्यो- ‘नयाँ कोषले हरेक महिना हजारौं क्रिएटरहरुलाई भुक्तानी गर्नेछ जसको शर्ट्समा राखिने भिडियोमा दर्शकहरूले सबैभन्दा बढी संलग्नता पाउँछन्।’

स्ट्रिमिङ्ग भिडियो साइटले शर्ट्समा विज्ञापन परीक्षण गर्न सुरू गर्ने समेत बताएको छ।

यसअघि टिकटकले जुलाईमा एक क्रिएटर कोष शुरू गरेको थियो र पछि यस कोषलाई अमेरिकामा ३ वर्षका लागि १ अर्ब डलरमा पुर्याएको थियो । त्यसैगरि स्पटलाइटमा शीर्ष सामग्री पोष्ट गर्ने प्रयोगकर्ताहरूलाई प्रति दिन १० लाख डलर स्न्यापच्याटले दिईरहेको बताएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

ताजा समाचार