स्पोटिफाइले शेयरिङका लागि टाइमस्ट्याम्प थप्यो, क्यानभासमा पनि सुधार

Technology Khabar २९ बैशाख २०७८, बुधबार

स्पोटिफाइले शेयरिङका लागि टाइमस्ट्याम्प थप्यो, क्यानभासमा पनि सुधार
Global IME Bank

काठमाडौं ।

स्पोटीफाइले ट्रयाक तथा पडकास्ट शेयर गर्न अझ सजिलो होस् भन्ने उद्देश्यले नयाँ अप्शन थप्ने भएको छ।

स्ट्रिमिङ प्लेटफर्मले शेयर बटनमा नयाँ अप्शन थप्ने र त्यसले श्रोताहरुलाई करेन्ट प्लेटाइममा शेयर गर्न सजिलो बनाउने र त्यसबाट प्रापकहरुले एउटा लिंक प्राप्त गर्ने र त्यसलाई सोझै प्वाइन्टमा सेन्ड गर्न सक्नेछन्।

यसबाहेक कम्पनीले क्यानभासमा पनि केही सुधार ल्याएको छ। क्यानभास स्टेटिक गीतको पेजमा भिडियो आर्ट शोकेश थप्ने फिचर हो। यस फिचरले डिभाइस खल्ती वा डेस्कमा नभएका बेला छुट्टै श्रवणको अनुभूति दिलाउँछ।

हालसम्म यी भिजुयलाइजेशनहरु इन्स्टाग्राम स्टोरीमा मात्र सजिलै शेयर गर्न सकिन्थ्यो भने स्पोटीफाइले अब यसलाई स्न्यापच्याटमा पनि शेयर गर्न मिल्ने बनाएको छ। त्यसमाथि स्पोटीफाइ एपमै प्रिभ्यू हेर्न मिल्नेछ जसबाट आफ्नो ट्रयाक शेयर हुँदा कस्तो देखिनेछ भनेर थाहा पाउन सकिन्छ।

साथै अन्य सोसियल मिडिया शेयरिङ एपहरुका लागि इजी टू भ्यू ग्रिड तथा सुधारिएको लेआउट पनि थप गरिएको छ।

Sajilo Visa

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया