सप्तकोशी डेभलपमेन्ट बैंकको स्मार्ट टेलर सेवा शुरू

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

सप्तकोशी डेभलपमेन्ट बैंकको स्मार्ट टेलर सेवा शुरू
Global IME Bank

काठमाडौं ।

सप्तकोशी डेभलपमेन्ट बैंकले मंगलबारदेखि सबै कार्यालयमा एसकेडिविएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाबाट सप्तकोशी बैंकको मोवाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन् । जसकालागि ग्राहकले कार्यालयको नगद काउण्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ ।

बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा प्रारभ्भ गरेको बताईएको छ ।

महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी धेरै कार्य विद्युतीय माध्यमबाट गर्ने बैंकको लक्ष्य रहेको छ । साथै यसबाट हुनसक्ने जोखिम तथा दुरूपयोग प्रति समेत बैंक चनाखो रहेको छ ।

यस सेवाबाट ग्राहकको समयको बचत हुने र बैंकको सेवा अझ विश्वसनिय तथा भरपर्दो हुने बैंकको भनाई छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार