स्मार्ट टेलिकमद्वारा रिचार्जमा ४ गुणासम्मको बोनस अफर

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

स्मार्ट टेलिकमद्वारा रिचार्जमा ४ गुणासम्मको बोनस अफर
Classic Tech

स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आफ्ना ग्राहकहरुको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउनेछन् ।

यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुले प्राप्त बोनस यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नको लागि प्रयोग गर्न सकिनेछ । बोनस ब्यालेन्स नियमित मूल्यमा काटिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यस अफर लकडाउन अवधिभर मात्र लागू हुनेछ ।

स्मार्ट ग्राहकहरुले स्मार्ट वेबपेज वा इ–पेमेन्ट पार्टनरहरु (इसेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस, इनेटपे, पेप्वाइन्ट नेपाल) मार्फत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्ने बताईएको छ ।

यस भन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो । तर परिस्थितिलाई मध्येनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको हो ।

‘स्मार्ट आफ्ना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिने सदैव तत्पर रहेको छ । तसर्थ स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले तपाईलाई दिन्छ धेरै’ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ,’ कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

Loading...