एएमडी जीपीयूसहितको एक्जिनोस चिपसेट यसै वर्ष आउने, विण्डोज ल्यापटमा प्रयोग गरिने

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

एएमडी जीपीयूसहितको एक्जिनोस चिपसेट यसै वर्ष आउने, विण्डोज ल्यापटमा प्रयोग गरिने

काठमाडौं ।

हालका सामसङ ग्यालेक्सी बुक गो लगायतका ल्यापटपमा विण्डोज १० क्वालकमको स्न्यापड्रागन चिपसेटमा चलिरहेका छन्।

तर अब सामसङले छिट्टै भविष्यमा आउने ल्यापटपमा प्रयोग गर्नका लागि एक्जिनोस चिपसेट निकाल्ने तयारीमा लागेको बुझिएको छ।

यसलाई एक्जिनोस २२०० नाम दिइएको छ भने यसमा एएमडी रेडन जीपीयू राखिएको हुनेद्ध। यो चिप सामसङको ५ एनएम प्रोसेममा बनाइएको हुनेछ।

सामसङ र एएमडीले साझेदारीमा काम गर्ने घोषणा गर्दा दुवै कम्पनीले ल्यापटप बनाउने भएकाले फेरि अर्को सम्झाैता तयार पार्नुपरेको थियो।

एकपटक ल्यापटपमा आउन थालेपछि एक्जिनोस २२०० बिस्तारै ग्यालेक्सी फोन तथा ट्याबर्लेटमा आउन सक्नेछ।

यसले एन्ड्रोइड तथा विण्डोज दुवै सपोर्ट गर्दछ।यो चिपसेटले क्वालकमको आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने स्न्यापड्रागन ८सीएक्स जेनेरेशन २ तथा एप्पपलको एम१ सँग प्रतिस्पर्धा गर्ने बुझिएको छ।

easy care

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार