विश्वभर क्रिप्टोकरेन्सीतर्फ लगानीकर्ताहरूको बढ्दो झुकाब, यी हुन् प्रमुख ५ डिजिटल मुद्रा

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

विश्वभर क्रिप्टोकरेन्सीतर्फ लगानीकर्ताहरूको बढ्दो झुकाब, यी हुन् प्रमुख ५ डिजिटल मुद्रा

क्रिप्टो बजारमा लगानीकर्ताहरूको संख्या निरन्तर बढ्दैछ। लगानीका लागि लगानीकर्ताको प्रवृत्ति पनि क्रिप्टोकरेन्सीतर्फ विश्वभर बढेको छ। तर नेपालमा भने क्रिप्टोकरन्सीमा गरिने कारोबार र लगानीलाई कानूनले बर्जित गरेको छ ।

विश्व बजारमा हाल धेरै संख्यामा क्रिप्टोकरेन्सीहरू छन् तर त्यहाँ केहि त्यस्ता क्रिप्टोकरेन्सीहरू छन् जसले नियमितजस्तो समाचारका हेडलाइन्सहरू प्राप्त गर्दछन्। यस्तो अवस्थामा, आज हामी मार्केट क्यापिटलाइजेसनको आधारमा विश्वका शीर्ष ५ क्रिप्टोकरेन्सीको बारेमा बताउन जाँदैछौं। जसमा लगानीकर्ताहरूले धेरै लगानी गरिरहेका छन र भविश्य पनि देखिरहेका छन्।

यसको पहिलो नम्बरमा छ- बिटक्वाइन । सन् २०२० देखि, बिटक्वाइनमा एउटा ठूलो वृद्धि आएको छ। यसको मार्केट क्याप १०,८४,७९,८२,१७,६७४ अमेरिकी डलर भन्दा माथि पुगेको छ । हाल, एक बिटक्वाइनको मूल्य ५९,६०३ डलर पुगेको छ । बिटक्वाइन संसारकै सबैभन्दा महँगो र क्रिप्टोकरेन्सीमध्येमा सबैभन्दा लोकप्रिय रहेको छ।

बिटक्वाइन पछि दोस्रो नम्बरमा ईथरियम रहेको छ । ईथर पनि भनिने ईथरियम बिटक्वाइनपछिको दोस्रो प्रमुख क्रिप्टोकरेन्सी हो । ईथरियमको बजार मूल्य ४,५२,९०,३७,९९,६८५ अमेरिकी डलर भन्दा माथि पुगेको छ  । यसैबिच हालसालै एक ईथरियमको मूल्य ४,११९ डलर पुगेको थियो

यस सूचीमा आउने तेस्रो नाम बाइनेन्स क्वाइन हो। यो प्रमुख ५ मध्येका क्रिप्टोकरेन्सीहरु मध्येको भन्दा कम चर्चामा रहेपनि यो तेस्रो स्थानमा रहेको छ ।  बाइनेन्स क्वाइनको मार्केट क्याप १,०३,६१,२३,७१,११७अमेरिकी डलर बराबर छ र एक बाइनेन्स क्वाइनको मूल्य ६६८ अमेरिकी डलर छ।

अहिले निकै चर्चामा रहेको र टेस्लाका मालिक तथा विश्वका दोस्रो धनी व्यक्ति इलन मस्कले प्रचार गरिरहेको डजिक्वाइन चार नम्बरमा छ। डजिक्वाइनले विगत केही महिनादेखि धेरै तिब्र गति देखेको छ। कुनैबेला सोसल मिडियाहरुमा कमेडीमार्फत मिम बनाएर शुरु भएको डजिक्वाइन अहिले प्रमुख ४ क्रिप्टोकरेन्सीहरुमा पर्दछ । यसको मार्केट क्याप हाल ६४,२९,९६,९९,४१५ अमेरिकी डलर हाराहारी रहेको छ । यसैबिच एक डजिक्वाइनको मूल्य लगभग ०.५४ डलरको आसपास रहेको छ ।

सूचीमा पर्ने टिथर पाँचौं क्रिप्टोकरेन्सी हो। यसको मार्केट क्याप लगभग ५५,५३,९२,२८,३६९ डलर पुगेको छ । यसैबिच एक टिथरको मूल्य लगभग एक डलर बराबर रहेको छ । एजेन्सीहरुका साथ

TK Viber

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

Loading...