शाओमीले मे १३ मा नयाँ इयरफोन सार्वजनिक गर्ने

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

शाओमीले मे १३ मा नयाँ इयरफोन सार्वजनिक गर्ने
NTC_Advt

शाओमीले गएको अक्टोबरमा एमआई एयर२ प्रो इएरफोन बजारमा ल्याएको थियो।

यसैको नयाँ स्वरुपका रुपमा अब भने कम्पनीले टीडब्लूएस इयरफोन सार्वजनिक गर्न लागेको बुझिएको छ। कम्पनीले चिनियाँ सामाजिक स१जाल वेबोमा एउटा टिजर पोस्ट गर्दै नयाँ लोगोसहितको केश र हिन्जको झलक देखाएको छ।

उक्त टिजरमा रहेको फोटोमा सार्वजनिक हुने मिति मे १३ २०२१ पनि लेखिएको छ। यसै सम्बन्धमा एक लिकस्टरले यो इयरफोनको वास्तविक फोटो पनि पोस्ट गरेका छन् जसमा यसको टुप्पोमा रबर प्रयोग भएको देख्न सकिन्छ।

शाओमीले आउँदै गरेको उक्त डिभाइस कम्पनीको फ्ल्यागशिप न्वाइज क्यान्सलिङ इयरफोन हुने जनाएको छ।

यसमा एमआई एयर२ प्रोमा जस्तै ५०० एमएएच क्षमताको ब्याट्री राखिएको कम्पनीको भनाइ छ।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार