गुगलमा खोजेको विषयवस्तु ठ्याक्कै भेटिएन्, त्यसोभए यी टिप्सहरु तपाईँलाई काम लाग्छन्

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

गुगलमा खोजेको विषयवस्तु ठ्याक्कै भेटिएन्, त्यसोभए यी टिप्सहरु तपाईँलाई काम लाग्छन्
Classic Tech

गुगल एक यस्तो प्लेटफर्म हो जहाँ हामी केहि पनि विषय सम्बन्धित जानकारी प्राप्त गर्न प्रयोग गर्दछौं। तर धेरै पटक गुगलमा केहि खोजी गर्दा यसले धेरै समय लिन्छ। स्पष्ट रूपमा यस्तो तपाईलाई पनि भएको हुनुपर्छ।

त्यसकारण आज हामी तपाईंलाई केहि महत्वपूर्ण सुझावहरू दिँदै छौं, जुन प्रयोग गरेर तपाईंँ कम समयमा गुगलमा अधिक विषयवस्तुहरू खोजी गर्न सक्षम हुनुहुनेछ।

एस्टरिस्क अर्थात तारा चिन्ह (*) प्रयोग गर्नुहोस्

तपाईं गुगलमा केहि खोज्न चाहानुहुन्छ, जसका लागि तपाईंले गुगलको सर्च बक्समा पूरै लाइन लेख्नुपर्दछ। कहिलेकाँही यस्तो बेलामा तपाईँले त्यस लाईनको एक वा दुई शब्द सम्झना हुँदैन् । यसको लागि चिन्ता लिनु आवश्यक छैन, तपाईंले बिर्सिएको शब्दहरूको ठाउँमा एस्टरिस्क (*) साइन राख्नु पर्छ। यसपछि तपाईँले पूरा शब्दहरूको साथ तपाईँले खोजेको सोही लाइन प्राप्त गर्नुहुनेछ। एस्टरिस्क (*) चिन्हलाई सबैले बुझ्ने भाषामा स्टार वा तारा चिन्ह पनि भनिन्छ।

डबल इन्भर्टेड कमा वा अल्पविराम प्रयोग गर्नुहोस् (“”)

तपाईं गुगलमा वाक्य, लेख वा कसैको भनाईको लागि खोजी गर्दै हुनुहुन्छ, तर यो फेला परेको छैन भने तपाईं सजिलैसँग त्यो लाइन, लेख वा बयानलाई डबल इन्भर्टेड कमा (“”) को माध्यमबाट खोजी गर्न सक्नुहुन्छ। उदाहरणको लागी, तपाईले केहि समय पहिले लेख पढ्नु भएको थियो र त्यो अनलाइनमा खोज्दै हुनुहुन्छ जसमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सीमिटरको बारेमा लेखिएको थियो। अब यदि तपाइँ त्यो लेख खोजी गर्न चाहानुहुन्छ, भने तपाई पल्स अक्सीमिटर टाइप गरेर गुगलको सर्च बक्समा डबल इन्भर्टेड कमा (“”) मा खोजी गर्न सक्नुहुन्छ। यस पछि, गुगलले त्यही वेबपेज मात्र देखाउनेछ जहाँ यो वाक्य प्रयोग भएको छ।

सही जानकारी भर्सेज(vs) वा विरुद्ध को प्रयोग गरेर फेला पर्नेछ

तपाईँले गुगलमा भर्सेज लेखेर पनि विषयवस्तुहरुको तुलना गर्न सक्नुहुन्छ। यस बाहेक तपाईले भर्सेज मार्फत फाइदाहरु र बेफाइदाको बारेमा पनि जानकारी प्राप्त गर्नुहुनेछ। उदाहरणका लागि एप्पल विरुद्ध एपिक गेम्स (Apple vs Epic Games).

माइनस (-) प्रयोग गर्नुहोस्

गुगलमा केहि खोजी गर्दा तपाईं अनावश्यक वेबपेजहरू हटाउन सक्नुहुनेछ । र यसको लागि गुगलमा खोजी गर्दा माइनस (-) चिन्ह प्रयोग गर्नुपर्दछ । यसो गरेर, तपाईँले तही खोजीको परिणामहरू प्राप्त गर्नुहुनेछ जुन तपाईं प्राप्त गर्न चाहानुहुन्छ। उदाहरणको सरकारले केहि दिन अघि नागरिक एपमा थप विशेषता र सुबिधाहरुसहित पूर्ण भर्सन सार्वजनिक गरेको थियो । र यदि तपाइँ यससँग सम्बन्धित जानकारी प्राप्त गर्न चाहानुहुन्छ भने गुगलको सर्च बक्समा नागरिक एप – विशेषताहरु (Nagarik App -feature) टाइप गरेर खोजी गर्नुहोस् । यसपछि, तपाईँले गुगलमा नागरिक एपको विशेषताहरुको सही परिणामहरू प्राप्त गर्नुहुनेछ।

TK Viber

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

Loading...