नेटफ्लिक्सले छिट्टै एन-प्लस सब्सक्रिप्शन सेवा शुरु गर्ने

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

नेटफ्लिक्सले छिट्टै एन-प्लस सब्सक्रिप्शन सेवा शुरु गर्ने
Classic Tech

अनलाइन वेब सिरिज तथा मुभी प्लेटफर्म नेटफ्लिक्सले आफ्ना ग्राहकहरुका लागि नयाँ सामग्रीसहित एन-प्लस सब्सक्रिप्शन सेवा शुरु गर्ने भएको छ।

यो सेवामार्फत प्रयोगकर्ताले इन्साइडर कन्टेन्ट हेर्न पाउनेछन् जसमा थुप्रै फिल्म तथा रियालिटी शोहरु हुनेछन्। सामान्य भाषामा भन्दा इन्साइडर कन्टेन्टमा फिल्म, रियालिटी शोका साथै बिहाइन्ड द सिन सामग्री पनि हेर्न सकिनेछ। यसका लागि यो ओटीटी प्लेटफर्मले एउटा सर्वेक्षण गरिरहेको छ। यसैका आधारमा कम्पनीले आगामी रणनीति तय गर्नेछ।

नेक्स्टवेबको एक रिपोर्ट अनुसार ग्राहकहरुले इमेलमार्फत् उक्त सर्वेक्षणको फर्म भरेर पठाउनुपर्नेछ। यसमा एन प्लससँग सम्बन्धित सबै जानकारी समेटिएको छ।

सर्वेक्षणमा यस सेवाका माध्यमबाट ग्राहकले नेटफ्लिक्सका शोहरुबारे थाहा पाउने बताइएको छ। यसमा नेटफ्लिक्स ओरिजिनल्स पनि समावेश गरिएको हुनेछ। कन्टेन्टमा टेक्स्ट, फोटो, भिडियो फीड आदि रहनेछन् भने यसबाहेक समाचार, अन्तर्वार्ता, विश्लेषण, दर्शक अन्तरक्रिया तथा पडकास्टका लागि साइन अप गर्न सकिने जनाइएको छ।

यो सेवाका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन। नेटफ्लिक्स प्लान लिएकाहरुले यसलाई नि:शुल्क उपभोग गर्न सक्नेछन्।

TK Viber

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

Loading...