एलजी इनोटेकले आफ्नो एलईडी प्याटेन्ट र प्लान्ट चिनियाँ कम्पनीलाई बेच्ने

Technology Khabar २८ बैशाख २०७८, मंगलवार

एलजी इनोटेकले आफ्नो एलईडी प्याटेन्ट र प्लान्ट चिनियाँ कम्पनीलाई बेच्ने
Classic Tech

मिनी भाइब्रेसन मोटर्स, एलसीडी मोड्युलहरू, लाइट-इमिटिङ्ग डियोड (एलईडी), क्यामरा मोड्युलहरू, सेक्यूरिटी सर्किट मोड्युलहरू जस्ता स्मार्टफोन पार्ट्स बनाउने कम्पनी एलजी इनोटेकले चीनमा आधारित आफ्नो एलईडी व्यवसायसँग सम्बन्धित पेटेन्टहरू र उपकरणहरू बेच्ने भएको छ।

द इलेक डट नेटको रिपोर्टअनुसार दक्षिण कोरियाली कम्पनीले एक महिनाभित्रमा पाजु पन्तमा रहेको एलईडी सम्बन्धित उपकरणहरू सबै बिक्री गर्नेछ । कम्पनीले एलईडीसँग सम्बन्धित १०,००० भन्दा बढी प्याटेन्ट चीनको फर्मलाई हस्तान्तरण गर्नेछ।

प्याटेन्टहरू बेचेर कम्पनीले केवल पैसा मात्र पाउने छैन ती प्याटेन्टहरू कायम राख्न १ अर्ब कोरियाली वोनको बचत समेत हुनेछ। एलजीले आफ्नो एलईडी पेटेन्टहरू र उपकरणहरू १०० अर्ब वोनमा तत्काल प्रयोग गर्न सकिने किसिमका सामाग्रीहरुका साथ बेच्न वार्ता गरेकोछ ।

अर्कोतर्फ, चिनियाँ कम्पनीले एलईडी व्यवसायमा नाफा कमाउने छ किनकी यसले स्थानीय सरकारले दिएको सब्सिडी पनि प्राप्त गर्न सक्छ। यसले बजारमा अधिक उत्पादनहरू पनि प्रदान गर्न सक्षम हुनेछ।

एलजीले एलईडी व्यवसायमा धेरै लगानी गरेको थियो, विशेष गरी अल्ट्राभायोलेट (यूभी) एलईडी क्षेत्रमा जसले गर्दा यो सम्झौता पार लाग्ने सम्भावित कारण हो। विज्ञहरू विश्वास गर्छन् कि एलजीले बेच्नुको सट्टा यूभी एलईडी पेटन्टहरूको लाइसेन्स पाउन सक्दछ।

दक्षिण कोरियामा आधारित एलजी इनोटेकले सन् २०१९ अक्टोबरमा एलईडी व्यवसायबाट बाहिर निस्किने निर्णय गरेका थिए र २०२० को दोस्रो त्रैमासमा चीन र दक्षिण कोरियामा एलईडी सुविधा बेच्न खोजेका थिए तर ती व्यापार वार्ता कोभिड १९ को मुख्य कारणले ढिलाइ भएको थियो।

TK Viber

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

Loading...