Technology Khabar २७ बैशाख २०७८, सोमबार
काठमाडौं ।
एप्पलको आईफोन १३ को मूल्य कति पर्लार? यसका थुप्रै विवरण पहिले नै बाहिरिइसके पनि मूल्यका बारेमा हालसम्म कुनै जानकारी बाहिरिएको थिएन।
तर हालै यसको मूल्यका बारेमा नयाँ जानकारी आएको छ।
यस वर्ष सेप्टेम्बरमा सार्वजनिक हुन सक्ने आईफोन १३ मा गत वर्ष आएको आईफोन १२ भन्दा खासै अपग्रेड नहुने आकलन गरिएको छ।
विश्लेषकहरुका अनुसार आईफोन १३ मा आईफोन १२ मा भन्दा नयाँ फिचरहरु खासै नथपिने र फाइभजी पहिले नै आईफोन १२ उपलब्ध भइसकेकाले आईफोन १३को मूल्य आईफोन १२ कै आसपास हुनसक्ने अपेक्षा गरिएको छ।
आईफोन १२ को बेस भेरियन्टको मूल्य ७९९ डलर छ। एप्पलको इतिहासमै सर्वाधिक बिक्री भएर धेरै नाफा कमाउन सफल भएकाले यो प्रवृत्ति कायमै राख्न कम्पनीले आईफोन १३ को मूल्य त्यसैको हाराहारी राख्ने विश्लेषकहरुको अनुमान छ।
प्रकाशित: २७ बैशाख २०७८, सोमबार