Technology Khabar २७ बैशाख २०७८, सोमबार
काठमाडौं ।
ब्लड अक्सीजन मनिटर डिभाइसलाई पल्स अक्सीमिटर भनेर चिनिन्छ, जुन पछिल्ला दिनमा माग बढिरहेको छ। देशभर कोरोना महामारीले गर्दा पल्स अक्सीमिटर अहिलेको समयमा सबै घरको आवश्यकता भएको छ।
कोरोना संक्रमितहरुले नियमितरुपमा आफ्नो शरिरमा रहेको अक्सिजनको मात्रा जाँच गर्न यो डिभाइस निकै महत्वपूर्ण भएको छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीलाई ब्लग अक्सीमिटर आवश्यक हुन्छ। यसका साथै दम, क्रोनिक अड्रक्ट्रिक पल्मोनरी डिजीज (सीओपीडी) वा अन्य फोक्सोको रोग हुने बिरामीहरूले पनि घरमा ब्लड अक्सीमिटर राख्छन्। यस्तो अवस्थामा रगत अक्सीमिटर खरीद गर्दा केहि विशेष चीजहरूको ख्याल गर्नुपर्छ ।
के हो पल्स अक्सिमिटर ?
पल्स अक्सिमिटर एउटा सानो, हल्का उपकरण हो जसलाई शरीरमा भएको अक्सिजनको मात्रा मोनिटर गर्न प्रयोग गरिन्छ। यो ननभाइसेभ उपकरणले तपाईको औंलामा जोडेर पीडाविना नै जानकारी दिन्छ, यसले औंला मार्फत दुई वेभलेन्थहरू पठाउँदै तपाइँको पल्स रेट मापन गर्न र तपाईँको शारिरिक प्रणालीमा अक्सिजन कति छ भन्ने जानकारी दिन्छ । एक पटक अक्सीमिटरले यसको एसेसमेन्ट गरेपछि यसको स्क्रिनले तपाईंको रगतमा अक्सिजनको कति प्रतिशत छ भनेर डिस्प्लेमा देखाउँछ साथै तपाईंको हालको पल्स रेट पनि बताउँछ । यस लेखले नाडी अक्सिमिटरद्वारा प्रदान गरिएको मापनको महत्त्व र उनीहरूले तपाईंलाई कसरी असर गर्ने कुरा वर्णन गर्दछ।
रगमा भएको अक्सिसजनको अवस्था अर्थात ब्लड अक्सिजनलाई SpO2 मा मापन गरिन्छ भने पल्स रेट अर्थात मुटु धड्किने दर लाई प्रति मिनेट धड्किने दर अर्थात बिट्स पर मिनेट (बिपिएम) मा नापिन्छ ।
बजारमा तीन प्रकारका पल्स अक्सीमीटर पाईन्छन् ।
पल्स अक्सीमिटरले कोरोना बिरामीको शरीरमा शुरुआती चरणमा अक्सिजनको मात्रा नाप्न काम गर्दछ। मुख्यगरि तीन प्रकारको पल्स अक्सीमिटर बजारमा भेटिन्छन् । यसमा फिंगरटिप पल्स अक्सीमिटर, ह्यान्डहेल्ड अक्सिमिटर र फेटल पल्स अक्सीमिटर समावेश छन् ।
सामान्यतया घरमा प्रयोगको लागि फिंगरटिप पल्स अक्सीमिटर किन्नु राम्रो विकल्पको रूपमा प्रमाणित हुन्छ। ह्यान्डहेल्ड अक्सिमिटर र फेटल पल्स अक्सीमिटरहरू मुख्यतया अस्पताल र क्लिनिकल प्रयोगकर्ताहरूको लागि हुन्।
यी चीजहरूको ख्याल गर्नुस्-
प्रकाशित: २७ बैशाख २०७८, सोमबार