एप्पलले सन् २०२३ सम्ममा आफ्नै फाइभजी मोडेम प्रयोगमा ल्याउने

Technology Khabar २७ बैशाख २०७८, सोमबार

एप्पलले सन् २०२३ सम्ममा आफ्नै फाइभजी मोडेम प्रयोगमा ल्याउने

काठमाडौं ।

एप्पलले सन् २०१९ मा इन्टेलसँग किनेको फाइभजी मोडेम व्यवसायको उत्पादन प्रयोगमा ल्याउने भएको छ।

म्याकरुमर्समा मिङ चि कुओले लेखे अनुसार एप्पलले आफैंले डिजाइन गरेको फाइभजी मोडेमयुक्त स्मार्टफोन २०२३ सम्ममा बजारमा आउनेछ।

उनको यो भनाइ सत्य निस्किएको खण्डमा एप्पलले आईफोनका दुई नयाँ जेनेरेशनसम्म मात्र फाइभजी मोडेमका लागि क्वालकमको भर पर्नुपर्ने हुन्छ।

‘आईफोनले सन् २०२३ मा एप्पलको आफ्नै डिजाइनमा रहेको फाइभजी बेसब्याण्ड चिप प्रयोग गर्ने हाम्रो आकलन छ’, रिपोर्टमा भनिएको छ, ‘एन्ड्रोइडका हाइ-इन्ड फाइभजी बजार खस्कँदै गएकले एप्पलका तर्फबाट हुने अर्डरमा आएको कटाैति शोधभर्नाका लागि क्वालकमले लो-इन्ड सेगमेन्टमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।’

हालैको चर्चाअनुसार एप्पलको फाइभजी मोडेमका बारेमा केही समयअघि बार्क्लेजले गरेको प्रक्षेपण मिल्न गएको बुझवएको छ। एप्पल र इन्टेलको सहकार्यमा फाइभजी मोडेम बन्दै गरेकाले यसलाई आफ्नै चिप बनाउन केही समय अवश्य लाग्ने आकलन गरिएको छ।

एप्पलले आईफोन १२ मोडलमा क्वालकमको स्न्यापड्रागन एक्स५५ मोडेम प्रयोग गरेको छ भने २०२१ र २०२२ मा एक्स६० र एक्स६५ मोडेम प्रयोग गर्ने अपेक्षा गरिएको छ।

कुओका अनुसार एप्पलले आफ्नै मोडेम प्रयोग गर्न थालेपछि आपूर्ति समस्या घट्ने भएकाले यी प्रविधिहरु बिस्तारै लो-इन्ड डिभाइसहरुमा पनि उपलब्ध गराउनेछ।

Global Bank
easy care

प्रकाशित: २७ बैशाख २०७८, सोमबार