फेसबुकमा नेपालबाट सिधै विज्ञापन गर्न सकिने, फिट इन्टरनेशनल आधिकारिक रिसेलर

Technology Khabar २७ बैशाख २०७८, सोमबार

फेसबुकमा नेपालबाट सिधै विज्ञापन गर्न सकिने, फिट इन्टरनेशनल आधिकारिक रिसेलर

फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ।

यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्।

फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन।

फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिने दाबी कम्पनीले गरेको छ ।

‘अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ। यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ,’ कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिजनेस मेसेज र साउटआउटको पनि विक्रेता हो।

कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, ‘हामी विश्वास गर्छौँ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौ। यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्‍याउने साझेदारी ल्याउन चाहन्छौँ।’

अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नुहुनेछ। यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

Loading...