क्वालकम मोडेममा आएको खराबीमार्फत् ह्याकरले फोन कल रेकर्ड गर्न सक्ने

Technology Khabar २७ बैशाख २०७८, सोमबार

क्वालकम मोडेममा आएको खराबीमार्फत् ह्याकरले फोन कल रेकर्ड गर्न सक्ने

सेक्युरिटी फर्म चेकप्वाइन्ट रिसर्चको नयाँ रिपोर्ट अनुसार क्वालकमको मोबाइल स्टेशन मोडेम एमएसएमलाई दुरुपयोग गरेर ह्याकरहरुले फोन कल रेकर्ड गर्ने खतरा बढेको छ।

सन् १९९० को दशकमा प्रयोगमा आउन थालेको एमएसएम टूजी थ्रीजी फोरजी  र हाल फाइभजीमा समेत प्रयोग हुँदै आएको छ। हालैको रिपोर्ट अनुसार यसलाई जुनसुकै ठाउँबाट एउटा मेसेज पठाएकै भरमा ह्याकरहरुले सजिलै ह्याक गर्न सक्ने बताइएको छ।

यसमार्फत् उनीहरुले मानिसहरुका फोन कल सुन्ने मेसेज पढ्ने तथा सिमकार्ड पनि अनलक गर्न सक्नेछन्।

रिपोर्टहरुका अनुसार विश्वका स्मार्टफोनको लगभग ३० प्रतिशतमा क्वालकमका चिपसेट प्रयोग गरिने भएकाले तिनीहरु ह्याकरको निशानामा पर्नसक्ने बढी सम्भावना देखिन्छ।

यसबाट बच्नका लागि यूजरहरुले अत्याधुनिक सेक्युरिटी प्याच अपडेट गरेर राख्ने नै एकमात्र विकल्प भएको बताइएको छ। टम्स गाइडमा एउटा आधिकारिक विज्ञप्ति जारी गर्दै क्वालकमले यसअघि सन् २०२० मा एमएसएम दुरुपयोगमा परेका हरुलाई सफ्टवयर अपडेट उपलब्ध गराइसकिएको बताएको छ।

तर यस सम्बन्धमा एन्ड्रोइडका तर्फबाट भने कुनै जानकारी दिइएको छैन। गुगलले आफ्नो आगामी जुन महिनामा आउने सेक्युरिटी प्याचमा उक्त एमएसएम दुरुपयोगको समस्यालाई समेट्ने चर्चा चलेको छ।

TK Viber

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

Loading...