स्वदेशी उत्पादनलाई बढावा दिन चीनमा बनेका डिभाइस सार्वजनिक हुने मिति सार्दै भारत

Technology Khabar २६ बैशाख २०७८, आईतवार

स्वदेशी उत्पादनलाई बढावा दिन चीनमा बनेका डिभाइस सार्वजनिक हुने मिति सार्दै भारत
Classic Tech

भारतले स्वदेशी उत्पादनलाई बढावा दिन भन्दै विदेशी डिभाइस सार्वजनिक हुनबाट रोकेको छ।

रोयटर्सका अनुसार भारतीय सञ्चार मन्त्रालयले चीनमा बनेका वाइफाइ मोड्युलयुक्त विदेशी डिभाइसहरु सार्वजनिक गर्नका लागि अनुमति रोकेको हो।

भारतले ती कम्पनीहरुलाई आफ्नै देशमा प्लान्ट राखेर उत्पादन गर्न दवाव दिँदै यो अनुमति कमसेकम आगामी नोभेम्बरसम्म रोक्ने बुझिएको छ। यसबाट अमेरिकी कम्पनी डेल तथा एचपी र चिनियाँ कम्पनीहरु लेनोभो, ओपो तथा शाओमीलगायतका ८० प्रतिशत नयाँ उत्पादनहरु बजारमा जानबाट वञ्चित हुनेछन्।

मन्त्रालयले यस विषयमा कुनै टीप्पणी गरेको छैन भने भित्री स्रोतका अनुसार सरकारले कम्पनी तथा उद्योग समूहलाई पनि कुनै जवाफ दिएको छैन।

यो कदम गत वर्ष सीमा विवादका कारण चीन र भारतबीच सम्बन्ध चिसिएसँगै भारतले टिकटकमाथि प्रतिबन्ध लगाएपछि नै शुरु भएको हो।

यो कदमबाट प्रभावित हुने कम्पनीहरु अप्ठ्यारोमा पर्ने देखिएको छ। भारत ठूलो प्रविधि बजार भएको उनीहरुले नकार्न पनि सक्दैनन् भने भारतमै नयाँ प्लान्ट राख्दा लाखाैं डलर लगानी गर्नुपर्ने हुन्छ। भारत सरकारको यो दबाबले यस्ता कम्पनीहरुले ढिलोचाँडो एउटा निष्कर्षमा पुग्नुपर्ने देखिएको छ।

TK Viber

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

Loading...