बागमती प्रदेशका सवारीसाधन सम्बन्धी राजश्व अनलाइनबाटै तिर्न सकिने

Technology Khabar २६ बैशाख २०७८, आईतवार

बागमती प्रदेशका सवारीसाधन सम्बन्धी राजश्व अनलाइनबाटै तिर्न सकिने
Classic Tech

बागमती प्रदेशका यातायात कार्यालयमा बुझाउनु पर्ने सवारीसाधन सम्बन्धी सम्पूर्ण राजश्व अनलाइनबाटै तिर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेसँगै यस्तो व्यवस्था हुन लागेको हो ।

नियमावली स्वीकृत भइ राजपत्रमा प्रकाशित भएसँगै अनलाइन माध्यमबाटै राजश्व भुक्तानी गर्ने बाटो खुलेको हो । यो नियमावली कार्यान्वयनमा आएपछि सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, नवीकरण शुल्क, जरिवाना लगायत राजश्व अनलाइनबाटै तिर्न सकिने छ ।

नेपालमा पहिलो पटक अनलाइनबाट यातायात सम्बन्धी सबै रकम बुझाउने व्यवस्था गरिएको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

अनलाइनबाटै राजश्व तिर्ने व्यवस्था कार्यान्वयनमा आएपछि घण्टौं लाइन बसेर राजश्व तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने सेवाग्राहीले घरबाटै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट लगायत विद्युतीय माध्यमबाट सहजै राजश्व तिर्न सक्नेछन् ।

‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ अनुसार सेवाग्राहीले tmis.bagamati.gov.np मार्फत वा rajaswa.fcgo.gov.np को प्रयोग गरेर राजस्व तिर्न सक्ने जनाएको छ ।

TK Viber

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

Loading...