ब्याट्री, चिप र टच स्क्रिनको आपूर्ति रोकिन सक्ने निकोला कर्पको चेतावनी

Technology Khabar २६ बैशाख २०७८, आईतवार

ब्याट्री, चिप र टच स्क्रिनको आपूर्ति रोकिन सक्ने निकोला कर्पको चेतावनी

काठमाडौं ।

इलेक्ट्रिक ट्रक बनाउने कम्पनी निकोला कर्पले ब्याट्री, चिप्स, टच स्क्रिन र अन्य भागहरूको आपूर्ति अवरोध हुने चेतावनी दिएको छ । कन्फ्रेन्स कलको बेला निकोलाले सो बारेमा जानकारी दिँदै आगामी दिनमा आपूर्ति अवरोध हुने बताएको हो ।

कम्पनीकाअनुसार २०२१ मा ५० देखि १०० वटा इलेक्ट्रिक ट्रक बनाउनका लागि आवश्यक पर्ने पर्याप्त ब्याट्री सेलहरू रहेको जानकारी दिएको छ । तर ब्याट्री निर्माताहरूले अर्को वर्षको आपूर्तिप्रति प्रतिबद्धता गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । विश्वभर कोभिड-१९ को महामारीले गर्दा लकडाउन शुरु भएसँगै विश्वभर चिप्सहरुको अभाव देखिएको छ भने अन्य कम्पोनेन्टहरुको समेत अभाव रहेको छ । जसले गर्दा अटोमेकर कम्पनीहरुको उत्पादन प्रभावित भएको छ । एजेन्सी

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

ताजा समाचार