टी मोबाइलको वनप्लस ७प्रो फाइभजी मा एन्ड्रोइड ११ उपलब्ध

Technology Khabar २६ बैशाख २०७८, आईतवार

टी मोबाइलको वनप्लस ७प्रो फाइभजी मा एन्ड्रोइड ११ उपलब्ध

काठमाडौं ।

गएको मार्च महिनामा वनप्लस ७, ७ प्रो तथा ७टी प्रोमा एन्ड्रोइड ११ अपडेट उपलब्ध भयो।

अप्रिलमा आएर टी मोबाइलको नेटवर्कमा रहेका स्मार्टफोनहरुमा पनि यी अपडेट उपलब्ध हुन थाले। हालै टी मोबाइलको ७टी प्रो फाइभजीमा एन्ड्रोइड ११ अपडेट उपलब्ध हुनु यसको उदाहरण हो।

वनप्लस ७टी प्रो फाइभजीमा अप्रिल २०२१ एन्ड्रोइड सेक्युरिटी प्याचसहितको एन्ड्रोइड ११ अपडेट उपलब्ध हुनेछ। यो नयाँ फर्मवयरको चेन्जलग भने उपलब्ध गराइएको छैन। तर यसमा एन्ड्रोइड ११ मा उपलब्ध रहेका च्याट बबल, नोटिफिकेशन हिस्ट्री, तथा वन टाइम पर्मिशनजस्ता फिचरहरु भने उपलब्ध हुनेछन्।

यदि तपाईको वनप्लस ७टी प्रो फाइभजीमा केही दिनभित्र अपडेट नोटिफिकेशन उपलब्ध नभएको खण्डमा यसको सेटिङ मेन्युमा गएर चेक गर्न सकिनेछ।

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार