गुगल फोटोजमा १ जूनदेखि १५ जीबी मात्रै निशुल्क पाईने, थप स्टोरेजको लागि कम्तिमा २३५ रुपैयाँ शुल्क

Technology Khabar २६ बैशाख २०७८, आईतवार

गुगल फोटोजमा १ जूनदेखि १५ जीबी मात्रै निशुल्क पाईने, थप स्टोरेजको लागि कम्तिमा २३५ रुपैयाँ शुल्क

काठमाडौं ।

वर्तमानमा, प्रयोगकर्ताहरूले गुगल फोटोजमा उच्च गुणस्तरका फोटोहरूको लागि असीमित भण्डारण प्राप्त गर्दछन्। तर अब जून १ देखि कम्पनीले प्रयोगकर्तालाई १५ जीबी स्टोरेज मात्र प्रदान गर्नेछ।

यसको अर्थ यति थोरै ठाउँमा प्रयोगकर्ताले फोटो र भिडियोहरू भण्डारण गर्नुपर्नेछ। यसभन्दा अधिक ठाउँको लागि, प्रयोगकर्ताहरूले अबका दिनमा रकम भुक्तानी गर्नुपर्छ। जसअनुसार गुगल फोटोजमा थप स्टोरेज लिनका लागि प्रयोगकर्ताहरुले एक बर्षे योजनाको लागि करिब २४ सय रुपैयाँ खर्च गर्नुपर्नेछ।

यद्यपि, ती प्रयोगकर्ताहरू जोसँग पिक्सेल २ वा त्यसपछि आएका मोडलहरू छन् उनीहरुले भने असीमित स्टोरेज प्राप्त गर्न जारी हुनेछ। गुगलले फोटो स्टोरेजलाई सशुल्क बनाउनका लागि गुगल वनमार्फत सुबिधा दिने भएको छ ।

गुगल फोटोजका उपाध्यक्ष शिमित बेन-यायरले एक ब्लगमा बताएअनुसार ‘तपाईं धेरै जसो तपाईका स्मरणहरू स्टोरेज गर्नका लागि गुगल फोटोमा निर्भर हुनुहुन्छ । यो केवल एक महान उत्पादन मात्र नभई तपाईको आवश्यकतालाई लामो समयको लागि पनि पूरा गर्दछ। गुगल फोटोज एपसँग ४ खर्ब भन्दा बढी फोटोहरू भण्डारण गरिएको छ। प्रत्येक हप्ता २८ अर्ब नयाँ फोटो र भिडियोहरू यहाँ अपलोड गर्ने गरिन्छ ।’

अहिले प्रयोगकर्ताहरूले गुगल फोटोजमा उनीहरूको सबै फोटोहरू र भिडियोहरू अपलोड वा ब्याकअप गर्न सक्दछन्। गुगलको सशुल्क भुक्तान योजना जून १, २०२१ देखि लागू हुनेछ। यद्यपि गुगल पिक्सल स्मार्टफोन भएका उपयोगकर्ताहरूले असीमित ठाउँ पाउने छन्। हाल, गुगलले १५ जीबी को नि: शुल्क भण्डारण प्रदान गर्दछ जुन जीमेल, गुगल ड्राईव र गुगल फोटोहरूको लागि हो।

कति पर्ला शुल्क ?

गुगलले १५ जीबी भन्दा धेरैे स्टोरेज चाहिने प्रयोगकर्ताहरुको लागि विभिन्न अप्सन दिने भएको छ । यसमा १५ जीबीसम्म निशुल्क पाईएपनि त्यस भन्दा धेरै स्टोरेजको  लागि रकम तिर्नुपर्नेछ । तर १५ जीबीको भने शुल्क लाग्दैन् ।

गुगल वनका अनुसार त्यसभन्दा माथि १०० जीबी २०० जीबी र २ टिबीको प्लान ल्याएको छ । जसमा मासिक र वार्षिक रुपमा शुल्क तिर्न सकिनेछ । यसमा वार्षिकरुपमा सेवा लिँदा भने कम्पनीले १६ देखि १७ प्रतिशतसम्म छुट दिनेछ । हेर्नुहोस् शुल्क दर

स्टोरेज शुल्क
१०० जीबी १.९९ डलर अर्थात करिब २३५ रुपैयाँ मासिक
२०० जीबी २.९९ डलर अर्थात करिब ३५३ रुपैयाँ मासिक
२ टिबी ९.९९ डलर अर्थात करिब १,८७९ रुपैयाँ मासिक
१०० जीबी १९.९९ डलर अर्थात करिब २,३५९ रुपैयाँ वार्षिक
२०० जीबी २९.९९ डलर अर्थात करिब ३,५३९ रुपैयाँ वार्षिक
२ टिबी ९९.९९ डलर अर्थात करिब ११,७९९ रुपैयाँ वार्षिक
Global Bank
easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

ताजा समाचार