साइबर आक्रमणका कारण अमेरिकाको प्रमुख इन्धन नेटवर्क बन्द

Technology Khabar २६ बैशाख २०७८, आईतवार

साइबर आक्रमणका कारण अमेरिकाको प्रमुख इन्धन नेटवर्क बन्द
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिकाको शीर्ष ईन्धन पाइपलाइन अपरेटर कोलोनियल पाइपलाइनले साइबर आक्रमण पछि आफ्नो सम्पूर्ण नेटवर्क शुक्रबार बन्द गरेको छ ।

सो कम्पनीले खाडी तटमा अमेरिकाका रिफाइनरहरूबाट पूर्वी र दक्षिणी संयुक्त राज्य अमेरिकामा ईन्धन आपूर्ति गर्दछ तर र्यान्समवेयरका कारण नेटवर्क बन्द गरेको उद्योग स्रोतहरूलाई उल्लेख गरेर रोयटर्सले  रिपोर्ट गरेको छ ।

कम्पनीले प्रति दिन २५ लाख ब्यारल पेट्रोल, डिजेल, जेट ईन्धन र अन्य परिष्कृत उत्पादनहरू ५५०० माईल पाइपलाइनमार्फत ओसारपसार गर्दछ, र पूर्वी तटको ईन्धन आपूर्तिको ४५ प्रतिशत ढुवानी गर्दछ।

कोलोनियलले शुक्रबारको आक्रमणको बारेमा थाहा पाएपछि खतरालाई नियन्त्रण गर्न प्रणालीहरू बन्द गरेको एक विज्ञप्तिमार्फत बताएको छ।त्यो कार्यले अस्थायी रूपमा अपरेसनहरू रोकेको छ र यसको केही आईटी प्रणालीलाई प्रभावित गरेको छ,’ कम्पनीले भन्यो ।

यस बारेमा अमेरिकी सरकारले अनुसन्धान शुरु गरिसकेको छ भने यो आक्रमणमा उच्च व्यवसायीक ह्याकर समूहको स‌ंलग्नता रहेको बताईएको छ ।

साइबर सुरक्षा समुदायकाअनुसार डार्कसाइड भन्ने समूहले सो र्यान्समवेयर आक्रमण गरेको अनुमान गरेका छन्। सो समूह र्यान्समवेयर आक्रमण गर्न र प्रभावितसँग रकम असुल गर्न कुख्यात रहेको रिपोर्टमा उल्लेखछ ।

कोलोनियलले यसको लागि स्वतन्त्र साइबर सुरक्षा अनुसन्धान फर्मलाई नियुक्त गरेको छ भने सरकारी अधिकारीहरुसँग पनि सम्पर्कमा रहेको बताएको छ ।

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

ताजा समाचार