एप्पललाई पछ्याउँदै गुगल, प्रयोगकर्ताहरूको डाटा गोपनीयताका लागि नयाँ नीति ल्याउने

Technology Khabar २५ बैशाख २०७८, शनिबार

एप्पललाई पछ्याउँदै गुगल, प्रयोगकर्ताहरूको डाटा गोपनीयताका लागि नयाँ नीति ल्याउने

काठमाडौं ।

एप्पलले आफ्नो अपडेट आईओएस १४.५ मा डाटा गोपनीयता सम्बन्धी एक ठूलो अपडेट दिएको थियो, जसमा फेसबुकदेखि अन्य सबै एपहरुले प्रयोगकर्ताहरूको डाटा प्रयोग गर्नु अघि उनीहरूसँग अनुमति लिनु पर्दछ।

यसका साथै अब गुगलले पनि डाटा गोपनीयतामा एक ठूलो कदम उठाएको छ। गुगलले डाटा गोपनीयतासम्बन्धी नयाँ नीति तयार गरेको छ, जस अन्तर्गत विकासकर्ताहरू जो प्ले स्टोरमा छन्, अब उनीहरूले एपबाट कुन डाटालाई संकलन गर्ने र प्रयोगकर्ताको डाटा स्टोरे गर्ने भन्ने कुरा बताउनुपर्नेछ। यसको साथै उनीहरूले कहाँ यो जानकारी प्रयोग गर्नेछन् भनेर समेत बताउनुपर्नेछ ।

यो डाटा अप्सन अर्को बर्षबाट उपलब्ध हुनेछ र त्यसअगाडी यसै वर्ष तेस्रो त्रैमासमा डाटा गोपनियतासम्बन्धी नयाँ नीति सार्वजनिक गर्ने एक ब्लगपोस्टमा बताईएको छ । गुगलले नयाँ नीति आवश्यकताहरू र संसाधनहरू साझेदारी गर्नेछ भने विकासकर्ताहरूलाई २०२१ को चौथो क्वाटरमा गुगल प्ले कन्सोलमा जानकारी घोषणा गर्न सुरु गर्न सक्दछन्।

प्रयोगकर्ताहरूले यसको सेक्शन सन् २०२२ को पहिलो क्वाटरमा देख्न सक्नेछन्, र दोस्रो क्वाटरमा, यी सबै जानकारीहरू नयाँ एप सबमिशनहरू र एप अपडेटहरूमा पनि समावेश हुनेछन्।

गुगलका एन्ड्रोइड सुरक्षा र गोपनीयता सम्बन्धि भाइस प्रेसिडेन्ट सुज्यान फ्रेले भनिन्, ‘हामी विकासकर्ताहरूसँग गुगल प्लेलाई सुरक्षित राख्नको लागि काम गरिरहेका छौं, करोडौं व्यक्तिहरूका लागि नयाँ एन्ड्रोइड एपको मजा लिनको लागि एक सुरक्षित र विश्वसनीय ठाउँ हो । आज हामी आगामी सुरक्षा खण्ड घोषणा गर्दैछौं जुन गुगल प्लेमा हुनेछ र जसद्वारा मानिसहरूले कसरी उनीहरूको डाटा एप्लिकेसनमा लिइएको हो र कहाँ यसलाई साझेदारी गरिने छ भनेर बुझ्न सक्नेछन्। गुगल प्लेमा भएका सबै एपहरू जसमा गुगलका आफ्नै एप्समा पनि लागू हुन्छन् ।’

easy care

प्रकाशित: २५ बैशाख २०७८, शनिबार