जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष शाहले धुलिखेल अस्पताललाई दिए १ करोड ३५ लाख रुपैयाँ

Technology Khabar २५ बैशाख २०७८, शनिबार

जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष शाहले धुलिखेल अस्पताललाई दिए १ करोड ३५ लाख रुपैयाँ

जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष विजय कुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित भइसकेका व्यवसायी शाहले धुलिखेल अस्पतालमा रहेका कोरोना भाइरसका संक्रमितहरुको उपचार सहज होस् भनेर सो सहयोग गर्ने घोषणा गरेको बताएका हुन् ।

उनले सो रकम अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी भनेर सहयोग गर्ने बताएका हुन् ।

उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् ।

देशमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै निजी क्षेत्रबाट यति ठूलो रकम सहयोगको घोषणाा गर्ने शाह पहिलो व्यवसायी पनि बनेका छन् ।

TK Viber

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

Loading...