शाओमी नेपालले रेडमी नोट १० प्रो र पोको एक्स ३ प्रो यसै महिना बजारमा ल्याउँदै

Technology Khabar २५ बैशाख २०७८, शनिबार

शाओमी नेपालले रेडमी नोट १० प्रो र पोको एक्स ३ प्रो यसै महिना बजारमा ल्याउँदै

नेपाली बजारमा आफ्नो ससक्त उपस्थिती र लोकप्रियता कमाएको शाओमीले मिडरेन्जका नयाँ फोनहरु बजारमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले रेडमी सिरिज र पोको सिरिजका नयाँ स्मार्टफोनहरु बजारमा सार्वजनिक गर्ने भएको छ ।
रेडमी सिरिज अन्तरगत शाओमी नेपालले रेडमी नोट १० प्रो र पोको अन्तरगतको पोको एक्स ३ प्रो स्मार्टफोन लन्च गर्न लागेको हो ।

कम्पनी स्रोतकाअनुसार यी फोनहरु केहि साताभित्रै लन्च हुने अपेक्षा गरिएको छ ।

रेडमीको नोट सिरिजका फोनहरु नेपाली बजारमा सबैभन्दा लोकप्रिय मोडलहरुमा पर्दछन् । नोट ९ सिरिजलाई कम्पनीले सबैभन्दा सफल मान्दै आएको छ भने ग्राहकहरुले पनि सबैभन्दा धेरै मन पराएका छन् । सोहि सिरिजको अपग्रेड भर्सन कम्पनीले ल्याउन लागेको हो ।

त्यसैगरि यसअघि बजारमा आएको पोकोको एक्स ३ एनएफसी गेमरहरुको लागि लक्षित गरेर ल्याईएको थियो । अब भने कम्पनीले सो फोनलाई अपग्रेड गर्दै मोबाइलमा गेम खेल्नेहरुलाई लक्षित गरेर प्रो भर्सन लन्च गर्न लागेको हो ।

रेडमी नोट १० प्रो

यो डिभाइसमा ६.५३ इन्च एफएचडी प्लस १२० हर्जको डिस्प्ले राखिएको छ । उक्त स्मार्टफोनमा २ गीगाहर्ज अक्टाकोर स्न्यापड्रागन ७३२जी चिपसेट छ । फोन ६ जीबी र ८ जीबी र्याममा उपलब्ध हुनेछ भने फोनको स्टोरेज ६४ जीबी र १२८ जीबी रहेको छ ।

फोटोग्राफीका लागि १०८* मेगापिक्सेलको क्वाडकोर क्यामरा सेटअप रहेको छ जसमा १०८ मेगािपक्सेलको मुख्य क्यामराका साथमा ८ मेगापिक्सेलको अल्ट्रावाइड ५ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको क्यामरामा स्लोमो भिडियो, पानोरामा, नाइट मोड लगायतका फिचरहरु छन् ।

यो फोन बजारमा १०८ मेगापिक्सेलको क्यामरा सेन्सर हुने थोरै ह्याण्डसेटहरुमध्येमा एक हो ।

नयाँ स्मार्टफोनको डिजाइन रेडमी नोट ९ फोरजी जस्तै छ ।

रेडमी नोट १० प्रोमा शक्तिशाली ५०५० एमएएच ब्याट्री दिइएको छ भने ३३ वाटको फास्ट चार्जिङ्ग सपोर्ट रहेको छ ।

पोको एक्स ३ प्रो

त्यस्तै पोको एक्स ३ प्रोमा ६.६७ इन्चको फुलएचडी एलसिडी डिस्प्ले राखिएको छ । यसमा १२० हर्ज रिफ्रेस रेट तथा २४० हर्ज टच स्याम्पलिङ्ग रहेको छ । फोनको स्क्रीनलाई गोरिल्ला ग्लास ६ द्धारा सुरक्षित गरिएको छ ।

फोनमा स्न्यापड्रागन ८६० चिपसेटका साथै ग्राफिक्सका लागि एड्रेनो ६४० जीपीयू रहेको छ । फोन ६जीबी र्यामका साथमा १२८ जीबी स्टोरेज तथा ८ जीबी र्यामका साथमा २५६जीबी स्टोरेजसहित उपलब्ध हुनेछ ।

फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाडकोर क्यामरा सेटअप रहेको छ जसमा ४८ मेगािपक्सेलको मुख्य क्यामराका साथमा ८ मेगापिक्सेलको अल्ट्रावाइड २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

पोको एक्स ३ प्रोमा शक्तिशाली ५१६० एमएएच ब्याट्री दिइएको छ भने ३३ वाटको फास्ट चार्जिङ्ग सपोर्ट रहेको छ ।

यी दुबै फोनहरु एन्ड्रोइड ११ मा आधारित रहेका छन भने फोनमा यूएसबी टाइपसी पोर्ट, फोरजी एलटिई, ब्लूटूथ ५.० लगायतका फिचरहरु रहेका छन् ।

यी फोनहरुको मूल्य कति हुन्छ भन्ने कुनै जानकारी छैन् ।

*सच्याईएको

TK Viber

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

Loading...