ह्वाट्सएपको नयाँ गोपनीयता नीति स्वीकार नगरेपनि एकाउन्ट डिलिट नहुने

Technology Khabar २५ बैशाख २०७८, शनिबार

ह्वाट्सएपको नयाँ गोपनीयता नीति स्वीकार नगरेपनि एकाउन्ट डिलिट नहुने
Classic Tech

ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई यसको विवादास्पद गोपनीयता नीति अपडेट स्वीकार्नका लागि दिएको मे १५ तारिखको म्याद हटाएको छ । जसअनुसार अब प्रयोगकर्ताहरूले सर्तहरू स्वीकार गरेनन् भने पनि कम्पनीले एकाउन्टहरू मेटाउने छैन।

यसको वेबसाइटमा पोष्ट गरिएको एक नयाँ विज्ञप्तीमा व्हाट्सएपले उल्लेख गरेअनुसार यदि प्रयोगकर्ताहरूले मे १५ सम्ममा यसको नयाँ गोपनीयता नीति स्वीकार गर्न असफल भए भने पनि प्रयोगकर्ताहरूले कुनै फङ्गसनालिटी गुमाउँदैनन्। “यो अपडेटको कारणले कसैले पनि तिनीहरूको खाता डिलिट गरिनेछैन वा मे १५ तारिखमा व्हाट्सएपको कार्यक्षमता गुमाउनेछैन,”एफएक्युमा भनिएको छ।

त्यो पेजमा फेब्रुअरीमा पोस्ट गरिएको मूल रूपमा भनेको भन्दा यो फरक छ, जतिबेला यसले मे १५ को अन्तिम म्यादमा नयाँ सर्तहरू स्वीकार गर्न असफल भएमा प्रयोगकर्ताहरूले कार्यक्षमता गुमाउने बताएको थियो । तर अब भने कम्पनी यस मामलामा लचिलो भएको छ ।

प्यारेन्ट कम्पनी फेसबुकसँग यसको डाटा साझा गरिएको थियो भन्नेमा प्रयोगकर्ताको चिन्तामा ह्वाट्सएपले कडा प्रतिकारको सामना गर्नु परेको थियो।

ह्वाट्सएपका एक प्रवक्ताले आगामी केही हप्तामा मानिसहरूलाई रिमान्डरसहित फलोअप गर्ने बताएका छन् ।

यसअघि ह्वाट्सएपले भनेको थियो- ‘तपाइँले स्वीकार नगरेसम्म तपाइँसँग व्हाट्सएपको पूर्ण फंगसनालिटी हुँदैन् ।’

नयाँ प्रयोगकर्ताहरू र ती व्यक्तिहरूका लागि जसले पहिले नै नीति स्वीकारेका छन् उनिहरुका लागि यो अझै पनि मे१५ देखि प्रभावकारी हुनेछ । तर भिन्नता यो हो कि जो कोहीले नीतिलाई स्वीकार गर्दैन उसले तुरुन्त पूर्ण कार्यक्षमता गुमाउँदैन् । यसको सट्टामा, तिनीहरूलाई नयाँ नीति स्वीकार्नका लागि रिमाइन्डर देखाइनेछ। एजेन्सीहरु

TK Viber

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

Loading...