लेनोभो ल्यापटपलाई स्मार्ट स्क्रीन बनाउन सकिने, अमेजनको नयाँ शो-मोड सुविधा आउँदै

Technology Khabar २५ बैशाख २०७८, शनिबार

लेनोभो ल्यापटपलाई स्मार्ट स्क्रीन बनाउन सकिने, अमेजनको नयाँ शो-मोड सुविधा आउँदै

काठमाडौं ।

लेनोभोका केही ल्यापटप मोडेलहरूले अब अमेजनको नयाँ शो-मोडलाई सपोर्ट गर्नेभएका छन्, जसले कम्प्युटरलाई एक कमाण्डमा स्मार्ट स्क्रीनमा बदल्छ।

यस सुविधाको साथ, तपाई आफ्नो ल्यापटपलाई स्मार्ट डिस्प्ललेको रूपमा प्रयोग गर्न सक्नुहुनेछ। साधारण भ्वाईस कमाण्डको सहयोगमा, तपाईंले कोठाको कुनै पनि कुनाबाट ट्रेन्डिङ्ग न्यूज स्टोरी, संगीत सुन्नका साथै टाइमर सेटिंग पनि गर्न सक्नुहुन्छ।

अमेजनकाअनुसार यो भ्वाइस फर्ट, अन्तर्क्रियात्मक एलेक्सा अनुभव छिट्टै लेनोभोका सिमित मोडेलहरू जस्तै लेनोभो योगा, आइडियाप्याड, र थिंकप्याडमा देखापर्नेछ। यी सबै मोडेलहरू विन्डोज १० अपरेटिङ्ग सिस्टममा चल्दछन्।

एक ब्लग पोष्टमा, अमेजनले यो नयाँ शो-मोडले धेरै एलेक्सा सुविधाहरू सपोर्ट गर्ने बतायो। यस मार्फत तपाईंँले विभिन्न विषयहरू गर्न सक्नुहुन्छ, जस्तै पपुलर रेसिपी, गेम प्ले, रिमांइडर सेट गर्ने, टू-डू लिस्ट बनाउने, अडिबलद्धारा एलेक्साद्धारा मनपरेको अडियोबुक पढाउने।

यसका साथै प्रयोगकर्ताहरूले ल्यापटप मार्फत धेरै कम्प्याटिबल डिभाइसहरू पनि नियन्त्रण गर्न सक्दछन्। शो मोडलाई कम्प्याटिबल कम्प्युटरमा शुरु गर्नका लागि तपाईले भन्नु पर्ने हुन्छ – “एलेक्सा, खोल्नुहोस् शो मोड”(“Alexa, open Show Mode”) वा तपाइँको ल्यापटपको एलेक्सा एपमा शो मोड बटन क्लिक गर्नुपर्नेछ ।

कम्पनीले ब्लग पोष्टमा भन्यो- शो-मोडले ‘यसलाई सेट गर्नुहोस् र बिर्सनुहोस्'(‘set it and forget it’) एलेक्सा अनुभवको साथ, प्रयोगकर्ताहरूले अब ठूलो स्क्रिनमा एलेक्सासँग कुरा गर्न सक्दछन्। यसको लागि तपाईँले ल्यापटपको अगाडि आउन वा तपाईंको फोनको नजिक जान आवश्यक हुँदैन।

हाल, शो मोड छानिएका एलेक्सा कम्प्याटिबल मोडेलहरूमा उपलब्ध हुनेछ भने यो फिचर भारत, अष्ट्रिया, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्याण्ड, जापान, न्यूजील्याण्ड, बेलायत र अमेरिकामा मात्र उपलब्ध हुनेछ ।

कम्पनीकाअनुसार शो मोड यसै वर्षभित्र अन्य मोडलहरुमा समेत उपलब्ध हुनेछ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

ताजा समाचार