अब ट्विटरबाट पैसा पठाउन र पाउन सकिने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

अब ट्विटरबाट पैसा पठाउन र पाउन सकिने
Classic Tech

अब ट्विटरबाट ट्विटरमै रहेका अन्य यूजरहरुलाई पैसा पठाउन सकिने भएको छ।

चर्चित माइक्रो ब्लगिङ साइटले हालै थुप्रै फिचरका साथमा टिप जार नामक यो फिचरलाई पनि सार्वजनिक गरेको हो।

बाहिर आएका केही विवरणले ट्विटरले यो फिचरको परीक्षण गरिरहेको बुझिएको छ।

ट्विटरमा आएको एउटा पोस्टका अनुसार यो नयाँ फिचरले प्रयोगकर्ताबीच रकम लेनदेन गर्न सघाउ पुर्याउनेछ। यो कुनै ट्विट मन परेमा त्यसको सम्मानस्वरुप एक यूजरले अर्को यूजरलाई रकम प्रदान गर्न बनाइएको हो।

यो फिचर इनेबल भएपछि अन्य यूजरका प्रोफाइलमा क्यास आइकन देखिनेछ र यसलाई क्लिक गरेर एकले अर्कोलाई रकम दिन सक्नेछन्। तत्कालका लागि ब्याण्डक्याम्प, प्याट्रिअन, पेपल, भेन्मो र क्याश एपलगायतका भुक्तानी प्रणाली यसमा आवद्ध रहेका छन्।

कम्पनीले हाल अमेरिकामा केही सीमित यूजरमार्फत् यो फिचरको परीक्षण गरिरहेको छ। आफ्नोमा यो फिचर उपलब्ध छ या छैन भनेर जाँच्नका लागि प्रोफाइलमा रहेको एडिट प्रोफाइलमा क्लिक गरेर स्क्रोल गरेपछि यो फिचर प्राप्त गर्न सकिन्छ। त्यहाँ यो शीर्षक छ भने प्रयोग गर्न सकिन्छ।

यसले तेस्रो पक्षका एप पनि प्रयोग गर्नेछ। यो प्रारम्भिक परीक्षण मात्र भएकोले सबै प्रकारका जिज्ञासा र समस्या फिचर आधिकारिक रुपमा सार्वजनिक भएपछि समाधान हुँदै जाने आकलन गर्न सकिन्छ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...