सोनी एक्सपेरिया प्रो यूरोप पुग्यो, प्रि-अर्डर शुरु

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

सोनी एक्सपेरिया प्रो यूरोप पुग्यो, प्रि-अर्डर शुरु
Classic Tech

सोनीले आज एक्सपेरिया प्रो यूरोप पुगेको जानकारी गराएको छ। यूरोपका बेलायत, जर्मनी तथा नर्डिक राष्ट्रहरुमा यो स्मार्टफोन उपलब्ध हुने बुझिएको छ।

गत वर्षको फेब्रुअरीमा घोषणा भएको क्यामरामा केन्द्रित सोनीको एक्सपेरिया प्रो स्मार्टफोन गएको जनवरीमा अमेरिका र जापानमा सार्वजनिक भइसकेको छ भने यसको मूल्य २५०० डलर तोकिएको छ।

सोनीले यसको सार्वजनिक हुने यकिन मिति जानकारी नगराए पनि बेलायतमा यसको प्रि अर्डर शुरु गरेको र ढिलोमा मे महिनाको १३ तारिखमा उपलब्ध हुने बताएको छ।

यस हिसाबले हेर्दा मे १४ मा सार्वजनिक हुने आकलन गर्न सकिन्छ। यसबाहेक अन्य देशहरुका लागि प्र-अर्डरपूर्वको जानकारी पनि दिइएको छैन। त्यसैले अन्य देशभन्दा अगाडि बेलायतमा मात्रै यो स्मार्टफोन उपलब्ध हुने आकलन गर्न सकिन्छ।

बेलायतमा भएकाहरुले प्रि-अर्डर गर्नका लागि २२९९ पाउण्ड खर्च गर्नुपर्ने हुन्छ।

यो फोनको मुख्य विशेषता भनेको यसलाई माइक्रोएचडीएमआई कनेक्टरका सहायताले सोनी अल्फा डिजिटल क्यामराको बाहिरी उच्चस्तरको मनिटर बनाउन मिल्ने कम्पनीको दावी छ।

यसबाहेक यसले फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने भएकोले यसबाट खिचिएका  फोटो तथा भिडियोहरु तुरुन्तै जतासुकै अपलोड गर्न वा पठाउन सकिन्छ।

यी सुविधाबहेक हेर्दा यो एक्सपेरिया वन२ को अर्को भर्सन हो। यसमा १२ जीब र्याम र ५१२ जीबी आन्तरिक स्टोरेज भेरियन्ट मात्र उपलब्ध छ भने वायरलेस चार्जिङ सुविधा दिइएको छैन। यसबाहेक यसको बडी पनि प्लास्टिकको रहेको छ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...