विभिन्न ब्राण्डका लाखौं स्मार्टफोनहरूमा रहेको क्वालकमको चिपमा जोखिम भेटियो

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

विभिन्न ब्राण्डका लाखौं स्मार्टफोनहरूमा रहेको क्वालकमको चिपमा जोखिम भेटियो

काठमाडौं ।

इजरायली साइबरसुरक्षा फर्म चेकप्वाइन्टका अनुसन्धानकर्ताहरूले भनेअनुसार विश्वव्यापी लाखौं स्मार्टफोन हरू क्वालकम चिपसेटमा भेटिएको जोखिमबाट प्रभावित भएका थिए।

चेकप्वाइन्टकी स्लाभा मक्काभिभले बिहीबार क्वालकमको मोबाइल स्टेशन मोडेम ईन्टरफेसमा सुरक्षा त्रुटि देखाउँदै एउटा ब्लग पोष्ट प्रकाशित गरिन् “जुन मोडेमलाई नियन्त्रण गर्न र यसलाई एप्लिकेसन प्रोसेसरबाट गतिशील रूपमा प्याच गर्न सकिन्छ।”

“एक आक्रमणकर्ताले एन्ड्रोइडबाट मोडेममा मालिसियस कोड इन्जेक्सन गर्न यस्तो जोखिमको प्रयोग गर्न सक्दछ। यसले आक्रमणकर्तालाई प्रयोगकर्ताको कल हिस्ट्री र एसएमएसमा पहुँच दिन्छ, साथै प्रयोगकर्ताको कुराकानी सुन्ने क्षमता प्रदान गर्दछ,” मक्काभिभले लेखिन्, “ह्याकरले सिम अनलक गर्न जोखिमको फाइदा लिन सक्दछ, यसैले मोबाइल उपकरणमा लगाईएको सेवा प्रदायकको सीमिततालाई पार गर्दछ,”

क्वालकम मोबाइल स्टेशन मोडेम ईन्टरफेसले चिपलाई स्मार्टफोन भित्र रहेको अपरेटिंग सिस्टमसँग कुराकानी गर्न सक्षम गर्दछ। क्वालकम मोबाइल स्टेशन मोडेम ईन्टरफेस अहिले संसारमा सबै स्मार्टफोनको अनुमानित ३० प्रतिशत स्मार्टफोनहरुमा पाउन सकिने चेक पोइन्ट रिपोर्टले जनायो ।

यस कमजोरीको बारेमा कम्पनीले अक्टूबरमा क्वालकमलाई सूचित गरेको थियो । कम्पनीले यसलाई पछि सिभिई २०२०-११२९२ (CVE-2020-11292 )का रूपमा ट्र्याक गर्‍यो र यसलाई “उच्च मूल्याङ्कन गरिएको जोखिम” को रूपमा लेबल लगायो।

प्याचहरू २०२० को शिशिर याममा स्मार्टफोन निर्माताहरूलाई पठाइएको थियो ।

सो चीप सन् १९९० को दशकदेखि नै सेलफोन र स्मार्टफोनमा रहेको छ र वर्षौंको अवधिमा अपडेट गरिएको छ । जसमा २जी बाट ३जी, ४जी, र अब ५जीमा ट्रान्जिसन समर्थन गर्न प्रयोग हुन्छ । सामसङ शाओमी, गुगल, र वनप्लस त्यस्ता केहि उपभोक्ता स्मार्टफोन ब्रान्ड हुन् जसले चिपलाई प्रबर्द्धन गरिरहेका छन् । एजेन्सी

easy care

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार