चिनियाँ रकेटको अंश यसै साता पृथ्वीमा झर्ने अनुमान

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

चिनियाँ रकेटको अंश यसै साता पृथ्वीमा झर्ने अनुमान
फाइल

एक चिनियाँ रकेट यस हप्तामा अनियन्त्रितरुपमा पृथ्वीमा झर्ने अनुमान गरिएको छ । तर यो स्पष्ट छैन कि कहिले र कहाँ रकेट भागहरू सतहमा क्र्यास हुन्छन्।

चीनले आफ्नो अन्तरिक्ष स्टेशनको पहिलो मोड्युललाई कक्षमा लानको लागि लङ्ग मार्च ५बी रकेट  अप्रिल २९ तारिखमा प्रक्षेपण गरिएको थियो। सो रकेट हाल पृथ्वीमा घुमिईहेको छ र तल्लो वातावरणमा प्रवेश गर्ने तरखरमा छ।

बिहीबार अमेरिकाले सो वस्तुको घुम्ने बाटो हेरिरहेको छ तर अहिले यसलाई तल झार्ने कुनै योजना छैन् । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले भने, “हामी आशावादी छौं कि यो त्यस्तो ठाउँमा खस्नेछ जहाँ यसले कसैलाई नोक्सान गर्दैन। आशा गरौं सागरमा, वा कही यस्तो ठाउँमा।”

उनले अप्रत्यक्ष रूपमा चीनको पनि आलोचना गरे र भने, “हामीले योजना बनाएर सञ्चालन गर्ने क्रममा हामीले यस्ता किसिमका चीजहरूलाई ध्यानमा राख्नु पर्छ” ।

चीनले अन्तरिक्षमा स्थापना गर्न लागेको अन्तरिक्ष स्टेशन पुर्याएपछि सो रकेट फर्किनुपर्ने थियो । तर निकै ठूलो र भारी सो रकेट अनियन्त्रित भएको थियो । सो रकेटको प्रमुख भाग मे ८ तारिख अर्थात भोली सम्ममा पृथ्वीमा झर्ने अनुमान गरिएको छ ।

चिनियाँ सरकारी मिडियाले विगतका दिनहरूमा यस रकेट बसोबास गर्ने जमिनमा दुर्घटना हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

सो रकेट हाल पृथ्वीको तल्लो कक्षमा छ, जसको मतलब यो पृथ्वी वरिपरि घुमिरहेकोछ तर अझै बिस्तारै तानिन्छ। सो रकेट हाल कक्षमा १८ हजार माइल प्रति घण्टामा घुमिरहेको छ । एजेन्सीहरु

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...