जेडटीईको नुबिया जेड३० प्रो मे २० मा सार्वजनिक हुने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

जेडटीईको नुबिया जेड३० प्रो मे २० मा सार्वजनिक हुने
Classic Tech

नुबियाका उपाध्यक्ष नि फेईले शुक्रबार कम्पनीले आगामी मे २० तारिखका दिन  जेड३० प्रो स्मार्टफोन सार्वजनिक गर्ने बताएका छन्।

नुबियाले मिति घोषणा गरे पनि यसका स्पेसिफिकेशनहरु सार्वजनिक गरेको छैन तर फेईले जेड३० प्रो प्रोफेशनल एसएलआर क्यामराका फिचरहरु भएका पहिलो स्मार्टफोन हुने बताएक छन्।

यो प्रिमियम स्मार्टफोन बाहेक उक्त दिन कम्पनीले सामान्य जेड३० स्मार्टफोन पनि सार्वजनिक गर्नेछ जसमा बाहिर आएका तथ्यहरुका अनुसार नच क्यामरा नभएको कर्भ्ड स्क्रीन रहने बुझिएको छ।

नच नभएका कारण यसको सेल्फी क्यामरा अन्डर-डिस्प्ले हिसाबले आउने आकलन गरिएको छ।

यसको पछाडिपट्टिको प्यानलमा १००x हाइब्रिड जूमसहितको क्वाड क्यामरा सेटअप रहनेछ। हालै बाहिर आएको तस्बिर अनुसार पनि मुख्य क्यामराका साथमा अल्ट्रावाइड तथा टेलिफोटो लेन्स पनि रहने बुझ्न सकिन्छ।

यसको आधिकारिक घोषणाका लागि अझै २ हप्ता बाँकी भएकाले आगामी दिनमा यसका थप विवरणहरु बाहिर आउने अपेक्ष गर्न सकिन्छ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...