आईबीएमले तयार पार्यो २ नानोमिटर चिप प्रविधि, अधिक शक्तिशाली र न्यून उर्जा खपत गर्ने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

आईबीएमले तयार पार्यो २ नानोमिटर चिप प्रविधि, अधिक शक्तिशाली र न्यून उर्जा खपत गर्ने

इन्टरनेशनल बिजनेस मशिन्स कर्प (आईबीएम) ले कम्प्यूटर प्रोसेसरहरुमा एक महत्वपूर्ण सफलता पाएको बताएको छ । कम्पनीले आफूले कम्प्युटर प्रोसेसरहरुमा नयाँ जेनेरेशन हासिल गर्दै यसको परीक्षण ल्याबमा एक २ नानोमिटरको चिप बनाएको दाबी गरेको छ ।

कम्पनीले विश्वकै पहिलो २ एनएमको चिप बनाउने प्रविधि तयार पारेको बताएको हो । कम्प्युटर चिप्स बनाउनको लागि प्रयोग गरिएको प्रक्रियालाई नानोमिटर (एनएम) मा मापन गरिन्छ । जसमा कम संख्यालाई सामान्यतया अग्रगामी कदमको रुपमा संकेत गर्दछ।

आईबीएम दावी गरेअनुसार यसको परीक्षण गरिएको चिपले हाल बजारमा व्यावसायिक रूपमा उपलब्ध ७ एनएमको उत्पादनहरु भन्दा ४५ प्रतिशतले कार्यदक्षतामा सुधार गर्न सक्छ।

‘यो अझ बढी ऊर्जा दक्षतासहित पनि छ ७५ प्रतिशत कम ऊर्जा प्रयोग गरेर हालको कार्यदक्षता प्राप्त गर्न सकिन्छ,’ आईबीएमले भन्यो।

यसले दाबी गरेअनुसार नयाँ प्रविधिले मोबाइल फोनको ब्याट्री जीवनलाई चार गुणा बढाउन सक्दछ, र फोनहरू केवल प्रत्येक चार दिनमा चार्ज गर्न आवश्यक पर्दछ।

ट्रान्सिस्टरको भौतिक आकार नाप्नका लागि कम्प्युटर चिप उद्योगले नानोमिटरहरू प्रयोग गर्दछ, जसमा एक मिटरको एक अर्बौं हिस्सालाई मानिन्छ । अहिले कम एनएम नम्बरलाई टेक्नोलोजीको नयाँ पुस्ता वर्णन गर्न मार्केटिङ्ग टर्मको रूपमा व्यापक रूपमा प्रयोग गरेको देखिन्छ, जसले राम्रो प्रदर्शन र कम उर्जा शक्ति प्रयोग गर्दछ ।

अहिले बजारमा सबैभन्दाएडभान्स चिप भनेको ५ एनएम हो जून एप्पलको आईफोन १२ सिरिजमा सबैभन्दा पहिले उपयोग गरिएको थियो । र अब आगामी दिनमा ३ एनएमको चिप आउने अपेक्षा गरिएको छ ।

आईबीएमले परीक्षण गरेको २ एनएमको प्रोसेसमा ५० लाख ट्रान्जिस्टरहरु औंलाको नङ्ग जतिको आकारमा राख्न सकिन्छ । जबकी हालको ५ एनएमको प्रोसेसमा ३० लाख ट्रान्जिस्टरहरु मात्र अटाउँछन् ।

सो प्रविधि बजारमा उपयोगमा आउने भने अझै केहि वर्ष लाग्न सक्नेछ । कम्पनीले सो परीक्षण अमेरिकाको अल्बानि रिसर्च ल्याबमा गरेको बताएको छ ।

आईबीएमले उच्च तहको चिप प्रडक्सन सामसङ्ग इलेक्ट्रोनिक्सलाई उपलब्ध गराउँछ । कम्पनीले आईबीएमको चिप प्रविधि प्रयोग गर्न सामसङ्ग र इन्टेल कर्पसँग मिलेर संयुक्तरुपमा अनुसन्धान समेत गर्ने सहमति गरेको छ ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...