फक्सकनले सेमीकण्डक्टर बनाउन याजियोसँग संयुक्त लगानी गर्ने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

फक्सकनले सेमीकण्डक्टर बनाउन याजियोसँग संयुक्त लगानी गर्ने
Classic Tech

ताइवानको फक्सकनले सेमीकण्डक्टर उद्योगमा यसको उपस्थिति विस्तार गर्न याजियो कर्पको साथ संयुक्त लगानीको गठन गरेको बुधबार बताएको छ । पछिल्लो दिनमा विश्वव्यापी चिपको अभावले कार उत्पादकदेखि इलेक्ट्रोनिक्ससम्मका उत्पादकहरूले प्रडक्सन होलिडे गरिरहेका छन् ।

सेमीकण्डक्टरको आपूर्ति अवरोधको कारण यस वर्ष विश्वभरका उत्पादन कम्पनीहरूले उत्पादन कटौती र आपूर्ति श्रृंखला अवरोधको चेतावनी दिएका छन्।

इलेक्ट्रोनिक्स निर्माण कम्पनी फक्सकन जसले एप्पल जस्ता टेक दिग्गजहरुलाई यसको शीर्ष ग्राहकहरुमा गणना गर्दछ, एक विज्ञप्तिमा भनिएको छ कि ती दुई कम्पनीले ताइवानमा एक्ससेमी कर्पोरेशन नामक नयाँ फर्म स्थापना गर्ने छन् ।

‘सेमीकण्डक्टर उद्योग विगत तीन दशकमा सबैभन्दा ठूलो उथलपुथलको सामना गरिरहेको छ र उद्योग क्रमले गम्भीर पुनर्संरचनाको सामना गर्नुपर्नेछ,’ फक्सकनका अध्यक्ष लियू यङ्ग वेले भने, ‘अब निस्सन्देह विभिन्न क्षेत्रमा रणनीतिक साझेदारी सुरु गर्नका लागि उत्तम समय हो।’

फक्सकनले बताएअनुसार कम्पनी र याजियोले हाल धेरै ग्लोबल सेमीकन्डक्टर कम्पनीहरु सँग छलफल गरिरहेका छन र चाँडै सेमीकण्डक्टर उद्योगमा अधिक सहकार्य योजनाको घोषणा गर्ने छन।

फक्सकन जसले हालका वर्षहरुमा सेमीकन्डक्टरहरुलाई यसको मुख्य व्यवसायहरु मध्ये बनाएको छ सो कम्पनीकाअनुसार एक्ससेमीले सेमीकन्डक्टर चिप्स, वा “सानो आईसी” बनाउनमा केन्द्रित हुनेछ भने, जसको औसत बिक्री मूल्य २ अमेरिकी डलर भन्दा कम हुनेछ।

ताइवानको सेमीकन्डक्टर निर्माता कम्पनीहरूले कोभिड १९ महामारीको समयमा वर्क फ्रम होममा भएको वृद्धिका कारण ग्लोबल चिप अभावको सामना गर्न र बढ्दो मागको पूर्ति गर्न उत्पादन बढाइरहेका छन् । एजेन्सीहरु

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...