यो वर्ष विश्वभरमा ३१ करोड वायरलेस स्टेरियो डिभाइस बिक्री हुने अनुमान

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

यो वर्ष विश्वभरमा ३१ करोड वायरलेस स्टेरियो डिभाइस बिक्री हुने अनुमान

ट्रू वायरलेस स्टेरियो टीडब्लूएसको माग विश्वभर नै तीव्ररुपमा बढिरहेको छ। अनुसन्धान फर्म काउन्टरप्वाइन्टको अनुमान अनुसार यो वर्ष टीडब्लूएस बर्सेनि वृद्धि ३३ प्रतिशत हुनेछ।

उक्त संस्थाले यस्ता डिभाइस ३१ करोड बिक्ने अनुमान गरेको छ। कोभिड महामारीका कारण घरबाटै काम हुने भएपछि गत वर्ष यी डिभाइसको बर्सेनि वृद्धि ७८ प्रतिशत रहेको थियो।

गत वर्ष विश्वभरमा २३ करोड ३० लाख थान यस्ता डिभाइसहरु बिक्री भएका थिए।

अनुसन्धानकर्ताका अनुसार सन् २०२० को शुरुवातमा कोरोना महामारीले चीनमा यस्ता डिभाइसहरुको उत्पादनलाई असर पारे पनि बिस्तारै राम्रो हुँदै गयो। अहिले चीनको उत्पादन क्षमता उत्कर्षमा रहेको छ।

अहिले टीडब्लूएस सेगमेन्टको तल्लो र मध्यम स्तरका मोडलहरुको बिक्री अन्य मोडलहरुको तुलनामा अत्यधिक रहेको छ।

प्रिमियम डिभाइसको बजार सामान्य रहने

धेरै देशमा कोरोना महामारीका कारण बजारको स्थितिमा सुधार आउन सकेको छैन। यस्तोमा यस वर्षको तेस्रो त्रैमाससम्मा टीडब्लूएसको प्रिमियम सेगमेन्टको माग खासै बढ्ने देखिँदैन। अनुसन्धानकर्ताहरु एप्पलजस्ता ठूला कम्पनीले तेस्रो त्रैमासपछि नेक्स्ट जेनेरेशन उत्पादनहरु सार्वजनिक गर्नसक्ने अपेक्षामा छन्। तर यस बीचमा तल्लो र मध्यम सेगमेन्टको वृद्धि भने उल्लेख्य हुने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...