पुरानो फोन नम्बरबाट पनि चोरी हुन सक्छ तपाईंको व्यक्तिगत डाटा, कसरी सुरक्षित गर्ने जान्नुहोस्

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

पुरानो फोन नम्बरबाट पनि चोरी हुन सक्छ तपाईंको व्यक्तिगत डाटा, कसरी सुरक्षित गर्ने जान्नुहोस्

काठमाडौं ।

आजकल विश्वमा टेक्नोलोजीको दायरा बढ्दैछ। बढ्दो टेक्नोलोजीको कारण, एकातिर जीवन सजिलो हुँदै गएको छ भने अर्कोतिर ठगी र घोटाला पनि बढ्दैछ। यस्तो अवस्थामा, आजको प्राविधिक विश्वमा तपाईंको व्यक्तिगत डाटालाई वित्तीय धोखाधडीबाट जोगाउन धेरै गाह्रो भइरहेको छ।

कतिपय मानिसहरुले आफ्नो पुरानो नम्बर परिवर्तन गरेर नयाँ नम्बर लिने गर्दछन यस्तोमा उनीहरु वित्तिय जोखिममा समेत पर्दछन भने डाटाहरु समेत चोरी हुने गर्दछ । यस्तो बेलामातपाइँ कसरी पुरानो नम्बरबाट व्यक्तिगत डाटा सुरक्षित गर्न सक्नुहुन्छ भनेर जान्नुहोस्, किनकि तपाईँको पुरानो नम्बर तपाईँको सोशल मिडिया र तपाईँको बैंकिंग विवरणहरूमा जडित हुनसक्छ।

हामी तपाईँलाई कसरी तपाईँको पुरानो नम्बरले तपाईँको व्यक्तिगत डाटालाई खतरामा पार्छ भनेर बताउनेछौं।

तपाईलाई थाहा नै छ की तपाईले नयाँ नम्बर लिने बित्तिकै टेलिकम कम्पनीले तपाईँले छोडेको पुरानो नम्बर रिसाइकल गर्दछ र उही नम्बर अर्को प्रयोगकर्तालाई उपलब्ध गराउँछ। टेलिकम कम्पनीहरुले मोबाइल नम्बर श्रृंखला बढ्नबाट रोक्नको लागि यसो गर्दछन्।

यस अवस्थामा, यदि तपाईंको पुरानो नम्बर नयाँ प्रयोगकर्तालाई तोकिएको छ, भने नयाँ प्रयोगकर्तालाई त्यो पुरानो नम्बरसँग सम्बन्धित डाटा पहुँच गर्न सजिलो हुन्छ। यस कारणले गर्दा, तपाईँको गोपनीयता र सुरक्षा जोखिममा हुन सक्छ।

गोपनीयतामा सबैभन्दा ठूलो खतरा

अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एक रिपोर्ट अनुसार तपाईंको पुरानो नम्बरलाई रिसाइकल गर्ने सम्पूर्ण प्रक्रियाले सुरक्षा र गोपनीयतामा प्रश्नचिन्ह खडा गर्छ। नयाँ प्रयोगकर्ताले पुरानो प्रयोगकर्ताको नम्बरमार्फत उनको सबै जानकारीहरुमा पहुँच गर्न सक्दछ। नयाँ नम्बरको उपयोग सँगै, तपाईँले त्यो नयाँ नम्बर आफ्नो सबै डिजिटल एकाउन्टहरूमा अपडेट गर्नुहुन्न। यो हुन सक्छ कि तपाईंले बैंकिङ्ग सेवामा नयाँ नम्बर अपडेट गर्नु भएको छ, तर ईकमर्श एपमा तपाईंको पुरानो नम्बर नै चलिरहेको छ।

यो रिपोर्टमा यो भनिएको थियो कि कसरी एक पत्रकारले नयाँ नम्बर लिए र त्यसपछि रक्त परीक्षण र स्पा अप्वाइन्टमेन्टको सन्देशहरू उसको नम्बरमा आउन थाले।

ओटिपी सन्देशहरू पनि आउँदछन्

यस अनुसन्धानमा २०० रिसाइक्लि नम्बरहरूको अनुसन्धान एक हप्ताको लागि गरिएको थियो र नतिजा स्तब्ध पार्ने किसिमकोथियो। पुरानो प्रयोगकर्ताहरूबाट कलहरू र सन्देशहरू त्यस नम्बरमा आउँदै थिए।

यसमा, धेरै पटक प्रमाणीकरण र ओटिपी सन्देशहरू पठाइएको थियो। अनुसन्धानकर्ताहरूले त्यस्ता ८ किसिमका खतराहरुलाई सूचीबद्ध गरे। यसमा फिसिङ्ग आक्रमणदेखि लिएर विभिन्न अलर्टहरू, अखबारहरू, अभियानहरू र रोबोकलहरूका लागि साईन अप गर्नलगायत सबै समावेश छ।

कसरी बच्ने ?

यदि तपाईँले पुरानो नम्बर छोडेर नयाँ नम्बर लिनुभएको छ भने सबैभन्दा पहिले तपाईँले आफ्नो बैंक खाताबाट पुरानो नम्बर हटाउन लगाउनुहोस् । यसको लागि बैंकमा सम्पर्क गरेर अपडेट गर्न सकिन्छ । त्यसैगरि अन्य सामाजिक सञ्जालहरु जस्तै फेसबुक ट्विटरलगायतमा पुरानो नम्बरको साटो नयाँ नम्बर अपडेट गर्नुहोस् । त्यसैगरि विभिन्न नोटिफिकेसनहरु र एप्समा राखिएको नम्बरहरु नयाँ नम्बरद्धारा अपडेट गर्नुहोस् । पुरानो नम्बरमा भएका डाटाहरु सकेसम्म डिलिट वा पहुँच नहुने किसिमको बनाउनुहोस् ।

एजेन्सीहरुका साथ

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार