अनरको इभेन्ट मे ७ मा, म्याजिकबुक एक्स सिरिज ल्यापटप सार्वजनिक गर्ने

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

अनरको इभेन्ट मे ७ मा, म्याजिकबुक एक्स सिरिज ल्यापटप सार्वजनिक गर्ने

ह्वावेबाट छुट्टिएर स्वतन्त्र भएको अनरले मे ७ अर्थात् भोलि शुक्रबार एउटा आधिकारिक इभेन्ट गर्ने भएको छ। उक्त इभेन्टमा कम्पनीले नयाँ ल्यापटप म्याजिकबुक एक्सको लाइनअप सार्वजनिक गर्ने भएको छ।

६:३० जीएमटीमा चीनको बेइजिङमा हुने उक्त इभेन्टमा नयाँ आउने डिभाइसहरु अहिलेसम्मकै पातला र कम्प्याक्ट हुने बताइएको छ। म्याजिकबुक एक्स यसअघिको म्याजिकबुक प्रोको विकल्पका रुपमा एउटै फिचर राखेर ल्याउन लागिएको बुझिएको छ।

आन्तरिक स्पेसिफिकेशनमा बारेमा केही जानकारी नगराइए पनि यसमा दुई ओटा यूएसबी-ए पोर्ट, एउटा एचडीएमआई पोर्ट, एउटा ३.५ एमएम अडियो ज्याक तथा एउटा यूएसबी-सी पोर्ट रहनेछ।

यसको डिस्प्लेमा पातलो बेजल रहने र भिडियो कलका लागि फ्रन्टमा राखिएको क्यामरा अन्य म्याजिकबुक ल्यापटपमा जस्तै एफ६ र एफ७ की मा रहने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

Loading...