तीनओटा हाइ-इन्ड ट्याब्लेटमा काम गर्दै शाओमी, आईप्याडसँग प्रतिस्पर्धा गर्ने

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

तीनओटा हाइ-इन्ड ट्याब्लेटमा काम गर्दै शाओमी, आईप्याडसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं ।

शाओमीले हालै तीन ओटा हाइ-इन्ड ट्याब्लेटमा काम गरिरहेको खुलेको छ।

एक्सडीए डेभलपरहरुको नयाँ रिपोर्टअनुसार केही समयअघि ट्याब्लेट बजारबाट हराएको शाओमीले फेरि नयाँ र एप्पलकै आईप्याडलाई टक्कर दिने खालका ट्याब्लेट निर्माणका क्रममा रहेको हो।

एक्सडीए डेभलपरका सहभागीहरुले एमआईयूआई १२.५ का कोडहरु केलाउने क्रममा ती घोषणा गर्न बाँकी नबु, एनुमा र एलिश नाम गरेका तीनवटा हाइ-इन्ड ट्याब्लेटका बारेमा भेटेको जनाइएको छ।

उनीहरुका अनुसार एनुमा र एलिसको मोडल नम्बर के८१ र के८१ए रहेका छन् भने नबुको मोडल नम्बर के८२ रहेको छ। यी ट्याब्लेटहरुमा स्प्लिट भ्यू फिचर वा फोल्डेबल स्क्रीन के रहनेछ भन्ने खुलेको छैन।

यी तिनै ट्याब्टमा १६:१० आस्पेक्ट रेशियो सहितको १२० हर्ज रिफ्रेश रेट भएको क्यूएचडी डिस्प्ले दिइएको छ। यीमध्ये नबुमा १०.९७ इन्चको डिस्प्ले तथा ८७५० एमएएच ब्याट्री राखिएको छ।

एनुमाले भिडियो कल सपोर्ट गर्ने तथा एलिस र नबुले नगर्ने पनि बताइएको छ।

एनुमा र एलिशमा क्वालकमको एसएम८२५० चिपसेट रहनेछ भने नबुमा भने क्वालकमकै एसएम८१५० चिपसेट रहनेछ। एसएम८२५० स्न्यापड्रागन ८६५/८६५+/८७० को मोडल नम्बर हो भने एसएम८१५० स्न्यापड्रागन ८५५/८५५+/८६० को मोडल नम्बर हो।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

ताजा समाचार