लेनोभो प्याड प्रो २०२१ मा स्न्यापड्रागन ८७० चिपसेट रहने

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

लेनोभो प्याड प्रो २०२१ मा स्न्यापड्रागन ८७० चिपसेट रहने

काठमाडौं ।

लेनोभोले आफ्नो आउँदै गरेको हाइ-इन्ड ट्याब्लेट डिभाइसको बारेमा आधिकारिक जनाउ दिएको छ।

लेनोभोको आधिकारिक वेबो ह्याण्डलबाट पोस्ट गरिएको विवरणमा शाओशिन नाम दिइएको लेनोभोको प्याड प्रो २०२१ मा ९० हर्जको रिफ्रेश रेटसहितको एचडीआर१० र डल्बी भिजन सपोर्ट गर्ने ओएलईडी स्क्रीन रहने बताइएको छ।

यसबाहेक यो डिस्प्लेमा ६०० निट्सको ब्राइटनेस रहने साथै यसले आँखाको सुरक्षाका लागि दिइने टीयूभी ह्रेन्ल्याण्ड सर्टिफिकेट पनि पाएको छ। यो डिस्प्लेको रेजोल्युशन २५६०x१६०० पिक्सेल रहनेछ।

हाइ-इन्ड भएकाले यस ट्याब्लेटमा स्न्यापड्रागन ८७० चिप राखिएको हुनेछ भने यो एआरएम प्रोसेसरका लागि मोडिफाइ गरिएको विण्डोज १० मा सञ्चालन हुनेछ।

बाहिर आएका तस्बिरहरुबाट प्याड प्रो २०२१ अहिले उपलब्ध आईप्याड प्रोजस्तै देखिन्छ। यसका पातलो बेजलमा लुकेको फ्रन्ट क्यामरा, क्वाड स्पिकर आउटपुट, माइक्रो एसडी स्लट रहेका देखिएको छ। यसमा पावर बटनमा फिंगरप्रिन्ट स्कयानर राखेर आउनसक्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

ताजा समाचार