मिडियाटेकका चिप २०२१ मा विश्व बजारमा शीर्ष स्थानमा रहने: अध्ययन

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

मिडियाटेकका चिप २०२१ मा विश्व बजारमा शीर्ष स्थानमा रहने: अध्ययन

काउन्टरपोइन्टको अनुसान्धान अनुसार सन् २०२१ मा मिडियाटेक तथा क्वालकमजस्ता चिप निर्माताले विश्व बजारमा दबदबा कायम राख्ने बुझिएको छ। विशेलेषण अनुसार मिडियाटेकले ३७ प्रतिशत हिस्सा ओगट्नेछ भने फाइभजीमा यसलगत्तै क्वालकम आउने देखिएको छ।

सामसङको टेक्ससमा रहेको कम्पनीले रेडियो फ्रिक्वेन्सी इन्टपग्रेटेड सर्किट आरएफआईसीको आपूर्ति गर्न नसकेपछि यो वर्ष मिडियाटेकले चिप उत्पादन र बिक्रीमा क्वालकमलाई उछिन्ने भएको हो। मिडियाटेकले ५एनएम प्रोसेसका चिप खासै नबनाउने भएकाले पनि क्वालकमलाई प्रतिस्पर्धामा फाइदा हुने देखिँदैन।

यो प्रतिस्पर्धामा सबैभन्दा पछाडि हाइसिलिकन पर्नेछ। यसलाई यूनिसोकले प्रतिस्थापन गरी उत्कृष्ट पाँचबाट बाहिर पठाइदिनेछ। यूनिसोक गुणसतरीय र सस्तो चिप बनाउने चिनियाँ कम्पनी हो।

फाइभजी बजार भने अलि भिन्न छ। विश्लेषणले डेडिकेटेड फाइभजी चिप बिस्तारै सामान्य बन्दै गइरहेको देखाएको छ। फाइभजी चिप उत्पादलनमा देखिएको समस्या हल भएमा क्वालकमले यस वर्षको दोस्रो त्रैमासमा फेरि बजार तताउन सक्ने सम्भावना देखिएको छ।

तर उच्च सम्भावना भएका तीन कम्पनीशरु एक अर्कासँग थोरै अन्तरले मात्र तलमाथि भएकाले शीर्षस्थानको लाग भने कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

साथै अब आउने १० मध्ये ९ स्मार्टफोनमा सामसङको एक्जिनोसजस्ता चिपलाई पाखा लगाउँदै क्वालकम, एप्पल वा मिडियाटेकका फाइभजी चिपसेटहरु रहेका हुने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

Loading...