कोभिड संक्रमितलाई अस्पताल आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुस्

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

कोभिड संक्रमितलाई अस्पताल आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुस्

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण बढेसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या समेत उल्लेख्य वृद्धि भएको छ जसले गर्दा अधिकांश अस्पतालहरुमा शैय्याको अभाव देखिएको छ । कोभिड संक्रमण र त्यसको उपचार समयमै उपचार धेरैले ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्ने देखिएसँगै सरकारले हटलाइन शुरु गरेको छ ।

हालै सरकारले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा उपचार गर्नुपर्ने भएमा तत्काल फोन गर्न सकिने गरि हटलाइन शुरु गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार कोरोना संक्रमितका लागि अस्पताल र शैय्या चाहिएमा टोल फ्री नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ । हटलाइनमा चौबिसै घण्टा फोन गर्न सकिने छ ।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

ताजा समाचार