रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउँदै

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउँदै
Classic Tech

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउने भएको छ।

हालै रियलमीले भारतीय समुदायमा गरिएको एउटा उपभोक्ता सर्वेक्षणमा उनीहरुलाई नोटबुकमा हुनुपर्ने र मनपर्ने कुराहरु सोधिएको थियो। यसै सन्दर्भमा कम्पनीले रियली ल्यापटप नाम गरेको नोटबुकको पनि घोषणा गरेको हो।

रियलमीले उपभोक्ताहरुको अपार मागका कारण छिट्टै नै ल्यापटप सार्वजनिक गर्ने बताएको छ।

रियलमी ल्यापटपको पूर्ण विवरण भने उपलब्ध गराइएको छैन तर यो २०२१ भित्रै भारतमा सार्वजनिक भइसक्ने बताइएको छ।

गत वर्ष रियलमीले टीभी उत्पादन गर्ने र त्यसको बिक्री अपेक्षाकृत भएमा नोटबुक उत्पादन गर्ने खबरहरु आएका थिए। त्यतिबेला रियलमीका कार्यकारीले भनेका थिए, ‘हामी व्यक्ति, परिवार र भ्रमण तीन पक्षलाई समेट्ने खालको एआईओटी इकोसिस्टम बनाउनेछै। व्यक्तिका लागि स्मार्टवाचर ब्याण्ड तथा अडियो सिस्टमका लागि तथा टीडब्लूएस र सामान्य हेडसेट रहनेछन्। परिवारका लागि मुख्यरुपमा टीभी रहनेछ भने त्यसबाहेक स्मार्ट होम प्रडक्ट रहनेछन्। यस्तै भ्रमणका लागि पावरबैंक, ब्याग तथा लगेज रहनेछन्।’

गैर-ल्यापटपबाट ल्यापटप/नोटबुक क्षेत्रमा आएको रियलमी मात्रै पहिलो कम्पनी भने होइन। यसअघि शाओमी तथा ह्वावेरअनरले पनि यस क्षेत्रमा हात हालिसकेका छन्।

यीमध्ये शाओमी शुरुमै सफल भयो भने ह्वावे र अनरले भने उपभोक्ता पाउन अझै संघर्ष गरिरहेका छन्। यसै सन्दर्भमा आउन लागेको रियलमीको भविष्य कस्तो हुनेछ त्यो हेर्न बाँकी नै छ।

TK Viber

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

Loading...