क्यान महासंघले भन्यो- करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर तिर्ने समय थप गर

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

क्यान महासंघले भन्यो- करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर तिर्ने समय थप गर

क्यान महासंघ नेपालले सरकारलाई मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको छ।

महासंघले कोभिड–१९ को महामारी र यसको संक्रमण दर नेपालका अधिकांश भागमा तिब्ररुपमा वढिरहेको र सरकारले निषेधाज्ञा जारी गरेको, सरकारसंग बारम्बार अनुरोध गर्दा पनि सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको अवस्थामा समयमा कर तिर्न नसकिने भन्दै करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

‘साथै, कतिपय स्थानमा कर्मचारीहरू आफै संक्रमित भएको अवस्था तथा स्वास्थ्य संवेदनशीलताका कारण कर्मचारीहरू कार्यालयसम्म आउन-जान सक्ने अवस्था नभएका कारण समेत तोकिएको समयमा कर विवरणहरु वुझाउन र कर रकम भुक्तानी गर्न सकिने अवस्था नहुंदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने ब्यबस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपुर्ण ब्यबस्था गरिदिन क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

यसका साथै, प्रविधिको विस्तार र पहुँचले अप्ठ्यारो समयमा समेत हामी सबैमा सेवाहरु लिन र दिन सहज र सुरक्षित हुने भएकाले सूचना प्रविधिको विकासका निम्ति आगामी निति तथा कार्यक्रम र वजेटमा विशेष ध्यान दिन र यस क्षेत्रका व्यवसायलाई करहरुमा छुट र आर्थिक सहुलियत दिई प्रोत्साहित गर्न समेत अनुरोध गरेको छ ।

TK Viber

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

Loading...