सम्भावित जोखिमको कारण एप्पलको एयरट्याग्सलाई अस्ट्रेलियाको रिटेल स्टोरबाट हटाईयो

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

सम्भावित जोखिमको कारण एप्पलको एयरट्याग्सलाई अस्ट्रेलियाको रिटेल स्टोरबाट हटाईयो

काठमाडौं ।

एप्पलले हालै सार्वजनिक गरेको एयरट्याग्स ट्र्याकरको साथ सुरक्षा चिन्ताले गर्दा अस्ट्रेलियाई रिटेलर अफिसवर्क्सले यसको स्टोरबाट नयाँ वस्तु हटाएको छ। सो जानकारी हालै रेडिटका एक प्रयोगकर्ताको अनुभवमा आधारित थियो ।  ती प्रयोगकर्ताले एयरट्याग्स किन्न प्रयास गरेका थिए तर स्टोरले त्यसलाई फेला पार्न असमर्थ भएको थियो । 

त्यसपछि लगत्तै अफिसवर्क्सका प्रतिनिधिले प्रयोगकर्तालाई सूचित गरेर एयरट्याग्स यसको स्टोरको सेल्फबाट हटाइएको जानकारी दिएका थिए । यसको कारणमा एयरट्याग्समा राखिएको सानो बटन-ब्याट्रीको पहुँचको साथ एक सुरक्षा जोखिमलाई उद्धृत गरिएको थियो । जसलाई अस्ट्रेलियाको नियमनकारी निकाय एसीसीसीले पनि पुष्टि गर्‍यो र उत्पादन वास्तवमा सुरक्षा चिन्ताको लागि हटाइएको स्पष्ट पारेको गिजमोडो एयूले उल्लेख गरेको छ ।

एप्पलले अष्ट्रेलियाको नयाँ सूचना मानकको पालना गर्ने एसीसीसीले अपेक्षा गरेको छ । जब डिभाइसहरुमा बटन ब्याट्रीहरू समावेश गर्दछन् त्यसको लागि प्याकेजिंगमा चेतावनी आइकनहरू राख्नु आवश्यक हुन्छ र उत्पादनका निर्देशनहरूमा सूचनाहरू दिनुपर्ने प्रावधान छ । जानकारी मानकका लागि अष्ट्रेलियाको अन्तिम मिति २१ जुन २०२२ सम्म एप्पललाई समय दिईएको बताईएको छ ।

गिजमोडो एयूको रिपोर्टअनुसार अफिसवर्क्सले मात्र एयरट्याग्सलाई हटाएको र एयरट्यागहरू अझै पनि अष्ट्रेलिया भित्रका अन्य रिटेलहरुमा उपलब्ध रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

ताजा समाचार