मध्य भोटेकोशीको आईपीओ आइएमई पे बाटै दिन सकिने, यस्तो छ प्रकृया

Technology Khabar २२ बैशाख २०७८, बुधबार

मध्य भोटेकोशीको आईपीओ आइएमई पे बाटै दिन सकिने, यस्तो छ प्रकृया
Classic Tech

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बिक्री प्रबन्धकले उक्त व्यवस्था मिलाएको हो ।

यससँगै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरिएको उक्त आईपीओमा आजदेखि आइएमई पेबाटै आवेदन दिन सकिने भएको जानकारी दिईएको छ।

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले मात्रै आइएमई पे मार्फत आवेदन दिन सक्ने छन् । अन्यलाई आवेदकको लागि भने अर्को व्यवस्था गरिने सीईओ ढकालले बताए ।

यस्तो छ प्रकृया

यसरी आइएमई पेबाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाईंले पहिलोपटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाईंको कारोबारको सुरक्षा र गोपनीयाताका लागि तपाईंको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाईंसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर ९केवासी० फारम भनिन्छ ।

त्यसपछि तपाइँ एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाईंले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आफ्नो पीन कोड थिच्नुहोस् । यसरी तपाईंले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नुहुनेछ । यसरी आईपीओ भर्दा तपाईंलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्ने छैन ।

मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपीओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने छ ।

TK Viber

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

Loading...